PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

इमेज च्यानलको फेसबुक आफ्नो बनाउँदा समातिए 'अपराजित प्रेम'



पहिलोपोस्ट

  • कृष्ण ओली -
नेपालगन्ज : इमेज च्यानलको फेसबुक पेज ह्याक गरेको आरोपमा समाचार पोर्टल 'इताजाखबरडटकम'का सञ्चालक अपराजित प्रेम भनिने प्रेमबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा महानगरीय प्रहरी अपराध अनुसन्धानबाट खटिएको प्रहरी टोलीले शनिबार नेपालगञ्ज उप–महानगरपालिका २ सेतुविक चोक नजिकैबाट उनीलाई पक्राउ गरेको थियो।

इमेज च्यानलको फेसबुक पेजमा १५ लाखभन्दा बढी लाइक रहेकोमा अज्ञात व्यक्तिले ह्याक गरी अर्को पेजमा मर्ज गरेपछि प्रहरीमा उजुरी परेको थियो।

प्राविधिक रुपमा गरेको अनुसन्धानका आधारमा इमेज च्यानलको उक्त पेजलाई ‘भाइरलखबर’ बनाई सञ्चालनमा ल्याएको प्रहरीले पत्ता लगाएको थियो। अनुसन्धान तथा प्राविधिक प्रमाणको आधारमा ह्याक गर्ने व्यक्ति ताजा मिडियाका सञ्चालक बिकलाई पक्राउ गरेको अपराध महाशाखाले जनाएको छ।

उनको साथबाट २ थान ल्यापटप र २ थान स्मार्टफोन समेत् प्रहरीले बरामद गरेको छ। पक्राउ परेका बिक बर्दिया देउडाकला ३ माछागढ घर भई नेपालगन्ज २ मा बस्दै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell