PahiloPost

Sep 15, 2026 | ३० भदौ २०८३

दीक्षितलाई शुक्रबारदेखि लागू हुने गरी १० दिने हिरासत



पहिलोपोस्ट

दीक्षितलाई शुक्रबारदेखि लागू हुने गरी १० दिने हिरासत

काठमाडौं : साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई गएको शुक्रबारबाट लागू हुने गरी १० दिन हिरासतमा राखी अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ।

गत शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनकै निवास पाटनबाट पक्राउ गरेको थियो। शुक्रबार दिउँसो २ बजे पक्राउ परेका दीक्षितलाई आज आयोगले अदालतमा पेश गर्दै अनुसन्धानका लागि ३० दिन हिरासतमा राख्ने अनुमति मागेको थियो।

अख्तियारको मागअनुसार विशेष अदालतले भने १० दिने म्याद दिएको हो। साथै प्रेसरबाट पीडित रहेका दीक्षितको उपचार गराउन र उनलाई कानुनी परामर्शको अधिकार दिनसमेत आदेश गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell