PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

ओलम्पियाडको फाइनल आगामी असारमा



पहिलोपोस्ट

काठमाडौं : वातावरण ओलम्पियाडको फाइनल चरण आगामी असार २५ गते काठमाडौंमा हुने भएको छ। कार्यक्रमको फाइनल चरण असार २५ गते गर्ने निर्णय गरिएको आयोगकले जनकारी दिएका छन्।

फाइनलका लागि वायु प्रदुषणका विभिन्न शीर्षकमा वैज्ञानिक लेख लेखेर बुझाएका विज्ञान शंकायका स्नातकोत्तर तहका विद्यार्थीहरु मध्येबाट उत्कृष्ट दश जना छनौट भइसकेका छन्। छनौट हुनेमा अकिंत अर्याल, राजु चौहान, रिशब नकर्मी, विज्ञ ज्ञवाली, मनिषा पोखरेल, प्रगति बज्राचार्य, सृजना सिटिखु, रञ्जिता थापा, अभिनय श्रेष्ठ तथा स्वतन्त्र भण्डारी छन्।

फाइनलका लागि छनौट भएका प्रतिस्पर्धीहरुलाई +२ मा अध्ययनरत करिब १ हजार विद्यार्थीमाझ आफ्ना प्रस्तुती राख्न लगाएर पहिलो, दोस्रो र तेस्रो छनौट गरिनेछ। सहभागी +२ अध्ययनरत विद्यार्थी मध्येबाट प्रस्तुत विषयवस्तुमा केन्द्रित रहेर सोधिएका एक सय प्रश्नमा सबैभन्दा बढी प्रश्नको सही जवाफ दिने उत्कृष्ट तीन जना छनौट गरिने आयोजकले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell