PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

चीनले चर्को बोलेपछि भारतले गर्‍यो डुल्कनको भिसा रिजेक्ट



पहिलोपोस्ट

चीनले चर्को बोलेपछि भारतले गर्‍यो डुल्कनको भिसा रिजेक्ट

अन्तत: भारतले उइगर नेता डुलकुन ईसालाई दिइसकेको भिसा रिजेक्ट गरेको छ। चीनले आतंकवादीको रुपमा ब्याख्या गर्दै आएको डुलकुन भारतको धर्मशालामा आयोजना हुन लागेको समारोहमा सहभागी हुने तयारीमा थिए। उनलाई भारत भित्रन भिसा समेत उपलब्ध गराइसकेको थियो। चिनियाँ कडा प्रतिवादपछि भारतले आफ्नो निर्णय सच्यायो र भिसा रद्ध गर्‍यो। ईसालाई चीनले आतंकवादी भन्दै इन्टरपोलको रेड नोटिसमा समावेश गराएको छ। 

भारतले उनलाई भिसा दिएपछि चिनियाँ विदेश मन्त्रालयले कडा आपत्ती जनाएको थियो। 

भारतले भिसा रिजेक्ट गरेपछि आज बिहान ईसाले तत्काल विज्ञप्ति जारी गरेका छन्। उनी वर्ल्ड उइगर कंग्रेसका कार्यकारी समितिका अध्यक्ष हुन्। भिसा क्यान्सिलको चर्को आलोचना गर्दै उनले दु:खी भएको बताएका छन्।

अप्रिल ३० देखि मे १ सम्म धर्मशालामा आयोजना हुन लागेको इन्टरफेथ लिडरसीप कन्फ्रेन्समा सहभागी हुन उनी भारत आउँदै थिए। उनले वक्तव्यमा भारतले आफूलाई पर्यटक भिसा दिएको र भारतीय मिडियामा आफ्नो भ्रमणबारे व्यापक चर्चा चलेपछि रद्ध गरिएको जनाएका छन्।  
उनले आफ्नो अभियानमा पटक पटक अवरोधहरु हुने गरेको समेत जनाएका छन्। सन् २००९ मा उनलाई यस्तै गरी रोक लगाइएको थियो। चीनले उनका गतिविधिमाथि लामो समयदेखि निगरानी गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell