PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

माल्भिकाको छोराको नाम जाइर रियो सुब्बा श्रेष्ठ : यस्तो छ नामको अर्थ



पहिलोपोस्ट

माल्भिकाको छोराको नाम जाइर रियो सुब्बा श्रेष्ठ : यस्तो छ नामको अर्थ

काठमाडौँ : पूर्व मिस नेपाल माल्भिका सुब्बाले आफ्नो छोराको फोटो र नाम सार्वजनिक गरेकी छिन्।

वैशाख २ गते नै सन्तान जन्मिएको भए पनि उनले सोमबार मात्रै फेसबुकबाट फोटो र नाम सार्वजनिक गरेकी हुन्।

माल्भिकाले छोराको नाम जाइर रिओ सुब्बा श्रेष्ठ रहेको बताउँदै अर्थ खुलाएकी छिन्- जाइरको अर्थ गर्जँदो सिंह हो। जाइरको उल्टो रियाज हुन आउँछ जुन उनका श्रीमानको नाम हो। रिओ भने आफ्नो बुबाको बोलाउने नामप्रति समर्पित भएको उनले लेखेकी छिन्।

सुब्बा उनको थर हो भने श्रेष्ठ उनको श्रीमानको।

माल्भिकाले आफूले निर्माण गरेको फिल्म हाउ फन्नी र आफ्नो सन्तान सँगसँगै जन्मने मिति भएकोले जुम्ल्याहा सन्तान जन्मिन लागेको बताउँदै आएकी थिइन्। तर हाउ फन्नी रिलिज हुनुभन्दा आठ दिनअघि नै उनको सन्तान जन्मियो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell