PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

६ वर्षपछि शाहरुख १०० करोड क्लबबाट आउट !



पहिलोपोस्ट

६ वर्षपछि शाहरुख १०० करोड क्लबबाट आउट !

फिल्म रा वनबाट बलिउडको सय करोड क्‍लबमा इन्ट्री गरेका शाहरुख खानको पछिल्लो फिल्म फ्यान ‘असफल’ भएको छ। सन् २०१० मा रा वनले सय करोड कमाएपछि उनका कुनै पनि फिल्म बक्स अफिसमा सय करोडभन्दा बाहिर गएनन्।

६ वर्षको अवधिमा शाहरुख खानको आम्दानीका हिसाबले यो सबैभन्दा असफल फिल्म बन्न पुगेको छ। यद्यपि यो फिल्मलाई क्रिटिकहरुले शाहरुखको खानको चक दे इन्डियापछिको सबैभन्दा राम्रो भनेर व्याख्या गरेका छन्। समीक्षकको ताली पाए पनि अडियन्सले फिल्मलाई वास्ता नगरेपछि कसको के लाग्छ?

बलिउड हंगामाका अनुसार शाहरुखको फ्यानले पहिलो विकेन्डभरि ५२ करोड ३५ लाख रुपैयाँ कमाएको थियो। दोस्रो साता ब्यापार यसरी खस्क्यो कि ८५ प्रतिशत तल गिर्न पुग्यो। दोस्रो सातामा फिल्मले ८ करोड पनि कमाउन सकेन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell