PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

हिमालयन एयरलाइन्सले गर्दैछ कोलम्बो उडान, प्रमोसनल भाऊ टू वे ३५ हजारमा



पहिलोपोस्ट

काठमाडौं : नेपाल र चिनियाँ संयुक्त लगानीमा स्थापित हिमालयन एयरलाइन्सले श्रीलंकासँग हवार्इ सम्पर्क जोडेको छ। एयरलाइन्सले कोलम्बोसँग व्यवसायिक उडान थालेको हो। एयरलाइन्सले कोलम्बो उडानको प्रोमोसनल फेयर समेत ल्याएको छ।
 
एयरलाइन्समार्फत् काठमाडौ कोलम्बो दुर्इतर्फी भाडा ३५ हजार रुपैयाँ मात्रै तोकेको छ। बिजनेश क्लासका लागि भने ५५ हजार रुपैयाँ पर्नेछ।

एयरलाइन्सले मंगलबार एयरबस ३२०-२१४ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार साढे आठ बजे कोलम्बोका लागि उड्नेछ। वैशाख २५ गते स्थानीय समय अनुसार चार बजे कोलम्बोबाट फर्केर पुन काठमाडौं अवतरण गर्ने एयरलाइन्सले जनाएको छ।

एयरलाइन्सका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले भने, 'पहिलो कोलम्बो उडानबाट हामीले हाम्रो यात्रु महानुभावहरुबाट अत्यधिक राम्रो प्रतिक्रिया पाएका थियौँ। फलस्वरुप यही प्रतिक्रियालाई मध्यनजर गरेर हामीले फेरि एकपटक कोलम्बो उडान सुपथ मुल्यमा ल्याएका छौँ। साथै हामी सम्पूर्ण ट्राभल एजेन्सीहरुलाई, नेपाली र श्रीलंकाली जस्तो महत्वपूर्ण बजारमा यो प्याकेज प्रमोट गरेर एअरलाइन्सलाई सहयोग गरिदिनु अनुरोध गर्दछौँ।'

एअरलाइन्सले आफ्नो पहिलो गन्तव्य भारतको दिल्ली र कतारको दोहा बनाएको छ। केही महिनापछि चीनको ल्हासा, चेन्दु बेइजिङ उडान भर्ने तालिका बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell