PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

अरुण सिङ्घानिया हत्यामा तीनलाई पुर्पक्ष तीनलाई धरौटीमा रिहा



पहिलोपोस्ट

महेन्द्रनगर (धनुषा) : जिल्ला अदालत धनुषाले जनकपुरका सञ्चार उद्यमी अरुण सिङ्घानिया हत्याकाण्डका तीनजना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
 
अदालतले अन्य तीन अभियुक्तलाई धरौटीमा साधारण तारेखमा रिहा गर्ने आदेशसमेत दिएको छ।
 
अदालतका न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले सिङ्घानिया हत्याको मुख्य योजनाकारको अभियोग लागेका धनुषा क्षेत्र नं. ४ बाट निर्वाचित एवम् निलम्बित सांसद सञ्जयकुमार साहलाई पुर्पक्षका लागि थुनामा राख्न आज आदेश दिएको हो। निलम्बित सांसद साह जनकपुर बमकाण्डको अभियोगमा पुर्पक्षको लागि हाल थुनामै छन्।
 
त्यस्तै सिङ्घानिया हत्याको सुटर एवम् हतियार व्यवस्थापनको अभियोग लागेका जनतान्त्रिक टाईगर जनशक्ति पार्टीका अध्यक्ष धर्ती सिंह भनिने चन्द्रदीप यादव र  सोही घटनामा संलग्न रहेको अभियोगमा एकलाल सहनीलाई समेत थुनामा राख्न आदालतले आदेश दिएको हो।
 
त्यस्तै घटनामा संलग्न अभियु्क्त ओमप्रकाश यादवलाई रु दुई लाख र रामकरण यादवलाई रु ५० हजार धरौटीमा तारेखमा रिहा गर्न आदेश गरिएको छ। सिङ्घानिया हत्या घट्नामा संलग्न भनिएका मुकेश चौधरीलाई यस घटनामा रु २० धरौटीमा रिहा गर्न आदालत आदेश दिएको छ।
 
चौधरी वि.स. २०६९ वैशाख १८ गते जनकपुरको रामानन्दचोकमा पाँचजनाको ज्यान जाने गरी भएको बमकाण्डको मुख्य अभियुक्तको रुपमा पक्राउ परी थुनामै छन्।  सिङ्घानिया हत्यापश्चात फरार रही शसस्त्र गतिविधि गर्दै आएका चन्द्रदीप यादव  गएको चैत १७ गते जनकपुरको वकिल टोलबाट पक्राउ परेपछि प्रहरीले अनुसन्धान तीव्ररुपमा अघि बढाएको थियो।
 
उनीहरूको बयानका आधारमा प्रहरीले चैत २४ गते थुनामै रहेका सद्भावना पार्टीका उपाध्यक्षसमेत रहेको सञ्जय साह नै सिङ्घानिया हत्याकाण्डको मुख्य योजनाकार बनाई मुद्दा दायर गरेको थियो। विसं २०६६ फागुन १७ गते होली पर्वको दिन जनकपुर डुडे तथा रेडियो टुडेका सञ्चालक सिङ्घानियाको जनकपुरको शिवचोकमा गोली प्रहार गरी हत्या गरिएको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell