PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

नेपाल जाँदै गरेको बुलेट पल्टियो, एक किलोमिटरसम्म चिया पसलसमेत बन्द



पहिलोपोस्ट

नेपाल जाँदै गरेको बुलेट पल्टियो, एक किलोमिटरसम्म चिया पसलसमेत बन्द

गोरखपुर : भारत उत्तर प्रदेशको गोरखपुर – सुनौली राजमार्गमा ग्यास लिएर नेपाल जाँदै गरेको बुलेट दुर्घटना भएको छ। इन्डियन आयल कर्पोरेसनबाट भरी ग्यास लिएर नेपाल जान लागेको बुलेट राष्ट्रिय राजमार्गमा पल्टिएका कारण यहाँको रुटलाई डाइभर्ट गरेर सवारी बन्द गरिएको भारतीय मिडियाले जनाएका छन्।
 
तत्कालै घटनास्थलमा दुईवटा दमकल परिचालन गरिएको छ। साथै दुर्घटना भएको एक किलोमिटर ओरपर आगो बाल्न निषेध गरिएको छ।

दुर्घटनामा परेको ट्याङ्करमा १८ टन ग्यास छ। पल्टि्नासाथ यसबाट ग्यास लिक हुन थाल्यो। लिक भएको देखे लगत्तै गाडी डाइभर्ट गरिएको हो। ट्याङ्कर पल्टिएको ठाउँबाट एक किलोमिटर दुरीमा चिया र मिठाइ पसलसमेत बन्द गरिएको छ। सूचनालगत्तै दुर्घटनास्थल पुगेको अर्को ट्याङ्करमा ग्यास रिफिल गर्न थालिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell