PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

सोनाक्षी पाकिस्तानी पत्रकार!



पहिलोपोस्ट

सोनाक्षी पाकिस्तानी पत्रकार!

सवा इम्तियाजको उपन्यास 'कराँची यु आर किलिङ मी'मा आधारित फिल्म 'नुर'मा पत्रकारको रोलमा देखिने भएकी छिन् बलिउड हिरोइन सोनाक्षी सिन्हा। फिल्ममा उनी कराची डेटलाइनमा काम गर्ने पत्रकार हुनेछिन्। फिल्मको डिटेल जानकारी भने सार्वजनिक भएको छैन तर फिल्म नुर विज्ञापनको निर्देशन गर्दै आएका सुनिल सिप्पीले निर्देशन गर्नेछन् भने यो सन् २०१७ मा रिलिज हुनेछ।

कराँचीको कमजोर सुरक्षा व्यवस्थाको पृष्ठभूमिमा सावा इम्तियाजको उपन्यासलाई कमेडी क्राइम-थ्रिलरका रुपमा पर्दाका लागि तयार पारिँदैछ। एउटा युवा क्रन्तिकारीको कथालाई फिल्मले केन्द्र बनाउनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell