PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

'गाजलु' देश बाहिर पनि, नेपालमा जेठ २८ बाट



पहिलोपोस्ट

'गाजलु' देश बाहिर पनि, नेपालमा जेठ २८ बाट

काठमाडौं : जेठ २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र 'गाजलु' विदेशमा प्रदर्शनको लागि बिक्री भएको छ। रोहित अधिकारीको निर्माण तथा हेमराज बिसीको निर्देशनमा बनेको फिल्म 'गाजलु' २१ लाख नेपाली रुपैयाँमा अष्ट्रेलियामा रिलिजका लागि बिक्री भएको कम्पनीले दावी गरेको छ।

सो चलचित्र रोहित फिल्म्सले जापान र हङकङ रिलिजका लागि पनि पाँच/पाँच लाखमा बिक्री गरेको जनाएको छ।

पूर्व कुमारीको कथा समेटिएको फिल्म गाजलुमा अनमोल केसी र पूर्व मिस नेपाल सृष्टि श्रेष्ठको मुख्य अभिनय रहेको छ।
अनमोल र सृष्टिसँगै सलोन बस्नेत,गौरव पहारी,मेनुका प्रधान,गौरी मल्ल र कृष्ण मल्ल पनि फिल्ममा देखिँदैछन्। 


एक करोड लगानीमा बनेको फिल्म गाजलु अष्ट्रेलिया, जापान, हङकङ लगायत २० देशमा प्रदर्शनको लागि तयारी भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell