PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

विप्लव माओवादीका विद्यार्थीले जिशिअ*लाई कालो मोसो दल्दै देखायो आफ्नो उपस्थिति



पहिलोपोस्ट

काठमाडौँ : मोहन वैद्य नेतृत्वको माओवादीबाट टुटेर बनेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका विद्यार्थी समूहले काठमाडौँ जिल्ला शिक्षा अधिकारी शङ्कर गौतमलाई कालोमोसो दल्दै दुर्व्यवहार गरेको छ।
 
कार्यालय आएका नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी निकट अखिल (क्रान्तिकारी)सम्बद्ध ती विद्यार्थी कार्यकर्ताले विवाद झिकी गौतमलाई कालोमोसोसहित हातपातको प्रयास गरेका थिए। सो सङ्गठनका अध्यक्ष पूर्णसिंह बराइलीले पूर्वयोजनाअनुसार घटना नभएको र यसबारे आफूहरुले थप कुरा बुझिरहेको बताए।
 
जिशिअ गौतमले राज्यको जिम्मेवारी लिई जनताको सेवा गर्न बस्दा तराईका जिल्लामा गोलीको समेत धम्की खेपेको जनाउँदै यस घटनालाई आफूले सामान्यरुपमा लिएको प्रतिक्रिया दिए। रासस

(*समाचारको शीर्षकमा यसअघि जिशिअ हुनुपर्नेमा प्रजिअ भएकोमा सच्याइएको छ।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell