PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

रक्सीको नशामा बाबुको हत्या



पहिलोपोस्ट

भोजपुर : मातेको सुरमा एक व्यक्तिले आफ्नै बाबुको हत्या गरेका छन्। भोजपुरको बोया–५ का प्रल्हाद खत्रीले आफ्ना ८० वर्षे बाबु गणेशबहादुर खत्रीको हत्या गरेका हुन्।
 
मङ्गलबार बेलुकी छिमेकीको बिहेमा गएका खत्रीले मातेर घरमा आई आफ्ना बाबुलाई कुटपिट गरेका थिए। छोराको कुटपिटबाट गम्भीर घाइते बनेका गणेशबहादुरको बुधबार उपचारका क्रममा मृत्यु भएको छिमेकी ध्यानबहादुर तामाङले जानकारी दिए।
 
बाबुको हत्या गर्ने प्रल्हादलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई जाँडरक्सी खाने बानीकै कारण उनका दुईवटी श्रीमतीले छाडेर गइसकेका छन् भने उनकी आमा पनि छोरीको घरमा गएर बस्ने गरेको स्थानीयवासीको भनाइ छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell