PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

आमालाई 'लाज' लागेको पेशा जसबाट छोरीले कमाइन् अर्बौं रुपैयाँ



पहिलोपोस्ट

आमालाई 'लाज' लागेको पेशा जसबाट छोरीले कमाइन् अर्बौं रुपैयाँ

नयाँ दिल्ली - महिलाका लागि यसै पनि आफ्नै व्यवसया सुरु गर्न गाह्रो छ। त्यसमाथि अप्ठेरो त्यो बेला बढ्छ, जब ब्यवसाय गर्ने क्षेत्र नै एकदमै फरक हुन्छ।
 
यो एक भारतीय महिला ब्यवसायीको कथा हो, जसले ब्यवसाय सुरु गर्दा सबैभन्दा ठूलो प्रश्न उसको परिवारले गरेको थियो। उनी हुन् ऋचा कौर, जसले अनलाइन 'अन्डर गार्मेन्ट' बेच्नका लागि 'जिभामे' को सुरुवात गरिन्।
 
जब ऋचाले काम सुरु गरिन् उनकी आमाले सबैभन्दा ठूलो विरोध गर्दै भनिन्- म आफ्ना इस्टमित्र साथीभाइलाई के भनौं ? मेरी छोरी ब्रा र पेन्टी बेच्छे भनौं ?
 
आज ती छोरी आफ्नो विजिनेस बढाएर अर्बौं रुपैयाँ कमाइरहेकी छिन्।
 
ऋचाले नयाँ खालको बिजिनेस सुरु गर्ने निर्णय त लिइन् तर विरोध घरबाटै सुरु भयो। ऋचाका पिताले पनि उनको निर्णयलाई त्यसबेला बुझेनन्। साथीभाइ र आफन्त पनि उनको बिजिनेसलाई हेरेर हाँस्थे।
 
ऋचालाई सुरुमा अफिस भाडामा लिन पनि समस्या पर्‍यो। उनले घरमालिकलाई केही झुट बोलेपछि मात्र अफिस पाइन्। उनले घरमालिकलाई भनिन्- म अनलाइनबाट कपडाको ब्यापार गर्छु।
 
त्यसपछि उनलाई परेको अर्को समस्या हो पेमेन्ट गेटवे पाउन। त्यो पनि उनले केही मेहेनत गरेर पाइन्।
 
कम्पनी सञ्चालनमा आएसँगै ऋचाले 'लग्जरी मार्केट' का बारेमा अनुसन्धान नै गरिन्। अनुसन्धानमा महिलाहरु आफ्नो अन्डरगार्मेन्टको बारेमा खुलेर कुरा गर्न चाहँदैनन् भन्ने निस्कर्ष निस्कियो। धेरै महिलालाई आफ्नो ब्राको साइजसमेत थाहा थिएन। उनीहरु गलत साइजको ब्रा लगाउँथे।
 
अहिले ऋचाको कम्पनीले प्रत्येक मिनेट एउटा ब्रा बेच्छ अर्थात एक घन्टामा ६० वटा। कम्पनी फैलिएर साना शहरहरुमा पनि पुगेको छ। त्यहाँको ब्यापार ३० प्रतिशत छ।
 
इन्जिनियरिङ सकेर एमबिए गरेको ऋचाले त्यसपछि जागिर खान थालिन्। आठ बर्ष जागिर खाएपछि उनले ब्यवसायमा हात हालेकी हुन्। मार्केटिङ कम्पनीमा जागिर खाएकाले आफ्नो उत्पाद कसरी बजारमा स्थापित गर्न सकिन्छ भनेर जानेकी ऋचाले त्यही अनुभव आफ्नो बिजिनेसमा प्रयोग गरेकी हुन्।
 
जिभामेको स्टोरमा अहिले पाँच हजार डिजाइन छन्। ५० ब्रान्ड र १०० साइजका सामान पाइन्छन्। कम्पनीको सामान भारतको अधिकांस भागमा डेलिभरी हुन्छ।
 
ऋचाले सन् २०११ मा ५६ लाख रुपैयाँमा व्यवसाय सुरु गरेकी थिइन्। पाँच बर्षको अवधिमा उनको ब्यापार बढेर पाँच गुणा ठूलो भएको छ। सन् २०१५ मा कम्पनीले चार अर्ब ३२ करोड रुपैयाँको ब्यापार गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell