PahiloPost

Jan 25, 2026 | १२ माघ २०८२

११ यात्रु र २ चालक दलको ज्यान लिने गरी भयो हेलिकप्टर दुर्घटना



पहिलोपोस्ट

११ यात्रु र २ चालक दलको ज्यान लिने गरी भयो हेलिकप्टर दुर्घटना
फोटो : www.scoopnest.com

११ यात्रु र दुई चालक दलका सदस्यको ज्यान लिने गरी नर्बेमा हेलिकप्टर दुर्घटना भएको छ। नर्बेको पश्चिमी तटमा ग्यास र तेल उत्पादन हुने क्षेत्र नजिकै दुर्घटना भएको हो।

हेलिकप्टर स्थानीय समयअनुसार १२ बजेको समयमा दुर्घटना भएको थियो भने उद्दारको काम ५ बजे सकिएको थियो। र ५ बजे नै नर्बेको जोइन्ट रेस्क्यु कोअर्डिनेसन सेन्टरले सबैको मृत्यु भएको पुष्टि गरेको हो

नर्बेको अपतटीय उद्योग क्षेत्रमा सन् १९९७ यता भएको यो सबैभन्दा ठूलो दुर्घटना हो। त्यतिखेर १२ जना यात्रुको नर्वेजियन समुन्द्रमा मृत्यु हुनेगरी हलिकप्टर दुर्घटना भएको थियो। गत डिसेम्बरमा पनि दुर्घटना भएको थियो जसमा एक जनाको ज्यान गएको थियो।

रेस्क्यु सेन्टरका प्रवक्ता जोहन जुरसोइका अनुसार हेलिकप्टरको रोटर ब्लेड भूइँमा भेटिए पनि हेलिकप्टर भने ६ देखि ७ मिटर पानीभित्र थियो। दुर्घटनामा परेको हेलिकप्टर युरोकप्टर २२५ मोडलको हो।

६७ प्रतिशत सरकारी लगानी रहेको स्टेटआइल क्षेत्रमा दुर्घटना भएको हो। यो क्षेत्रबाट नर्बेका लागि आवश्यकमध्ये ७० प्रतिशत बढी इन्धन उपलब्ध हुन्छ। दुर्घटनामा परी मरेका सबै ११ यात्रु स्टेलआइलका कर्मचारी थिए। मर्नेमा ११ नर्बेली तथा एक बेलायती र एक इटालियन छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell