PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

दिउँसो कार्यक्रममा सक्रिय साहित्यकार साँझ मृत



पहिलोपोस्ट

काठमाडौँ : साहित्यकार रामप्रसाद शर्मा प्रदीपको आज ६८ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ।
 
कलङ्कीस्थित सहिद मेमोरियल अस्पतालमा साँझ उपचारार्थ लगिएका उनलाई केही समयपछि चिकित्सकले मृत घोषित गरेका थिए।
 
उनी आज दिउँसो राष्ट्रिय जनसांस्कृतिक महासङ्घमा गरिएको वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्मा अभिनन्दन समारोह समितिको बैठकमा सम्मिलित थिए।
 
प्रदीप माइलस्टोन कलेजका सञ्चालक र जनकशिक्षा सामग्री केन्द्र लिमिटेडका पूर्वप्रबन्ध सञ्चालक पनि थिए। पञ्चायतकालमा प्रगतिशील साहित्यिक क्षेत्रबाट चेतना फैलाउन सक्रिय उनी राष्ट्रिय जनसांस्कृतिक महासङ्घको संस्थापक पनि थिए। उनको शवलाई शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा राख्ने विषयमा कुरा भइरहेको जनसाहित्यिक मञ्च नेपालका अध्यक्ष राम विनयले जानकारी दिए।
 
उनको ‘पचास रुपियाँको तमसुक नाटक सहलेखन २०२८’, ‘मुलुकभित्र नाटक २०३०’, ‘विस्फोटन गीतसङ्ग्रह २०३६’, ‘उपहार गीतसङ्ग्रह २०४६’, ‘राजधानी गाइड पर्यटन जानकारी २०५०’, ‘बेलाको बोली गीतगजलसङ्ग्रह २०६३’ प्रकाशित कृतिहरु छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell