PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

फ्रान्सेलीको पैसाले म्याग्दीमा लज



पहिलोपोस्ट

बेनी (म्याग्दी) :  म्याग्दीको शिख–६ को प्रसिद्ध पर्यटकीयस्थल खोप्रा लेकमा फ्रान्सेली इन्जिनियर र नागरिकले अत्याधुनिक सामुदायिक लज निर्माण गरिरहेका छन्। 

सामुदायिक लजलाई आधुनिक र सुविधासम्पन्न बनाउन फ्रान्सेली नागरिकले आर्थिक सङ्कलन तथा अनुभवी इन्जिनियरलाई प्रयोग गरिएको छ। फ्रान्सका बेथोको नेतृत्वमा दुईजना फ्रान्सेली इन्जिनियरले पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा परेको खोप्रालेकमा रहेको सामुदायिक लजको निर्माण गरिरहेका छन्। ६४ लाख रुपैयाँको लागतमा निर्माण हुँदै गरेको सो दुईतले लजमा १२ कोठा रहनेछन्। 

कोठाभित्रै शौचालय सहितको बाथरुम, सोलार, बैठक हल, डाइनिङसहित विदेशी पर्यटकलाई कुनै पनि समस्या नहुने गरी आवश्यक पर्ने पूर्वाधार निर्माण भइरहेको पाउद्वार मावि व्यवस्थापन समितिका अध्यक्ष भीमप्रसाद तिलिजाले बताए। ३० जना स्थानीयवासीले समेत निर्माणमा रोजगारी पाएका छन्। 

डिजिटल साक्षरता अभियन्ता महावीर पुनले विस्तार गरेको बेतार इन्टरनेटको केन्द्रसमेत मानिने खोप्रामा एक देखि दुई दिनसम्म पर्यटक बस्ने गर्दछन्। वार्षिक करिब रु १७ लाख आम्दानी हुने खोप्रालेकको आम्दानी पाउद्वार माविको शैक्षिक तथा भौतिक पूर्वाधारमा खर्च गर्ने गरिएको छ। 

लजमा आवश्यक पर्ने भौतिक निर्माणका सामग्रीहरू खच्चड र स्थानीयवासीले बोकेर ढुवानी गरिरहेका छन्। खोप्रामा कास्कीको घान्द्रुक, शिखको घोरेपानी, पाउद्वार र नारच्याङबाट पर्यटक पुग्ने गरेका छन्। पुनकै प्रयासमा सामुदायिक लजको स्थापना भएको हो। समुद्री सतहबाट चार हजार ८०० मिटर उचाइमा अवस्थित यहाँको खयरबराही मन्दिरमा जनैपूर्णिमाको दिन सयौँको सङ्ख्यामा पूजा गर्न जाने गरेका छन्। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell