PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

अक्षयसँग सेल्फी, बडीगार्डको मुक्का



पहिलोपोस्ट

अक्षयसँग सेल्फी, बडीगार्डको मुक्का

सेलिब्रिटीहरु पापराजीबाट सधै सताइन्छन्। धेरैजसो मिडियाले पछ्याएर हैरानै पार्छन् सेलिब्रिटीलाई। अनि कहिलेकाही उनीहरुकै फ्यानले पनि सताउने गर्छन्। मुम्बइ एयरपोर्टमा यस्तै दृश्य देखियो केही दिन अघि। एकजना फ्यान अक्षय कुमारलाई देखेपछि हुर्रिएर उनीतिर पुगे।

अक्षयकुमारलाई पछ्याउँदै फोटाहरु खिच्न थाले। उनलाई अक्षय कुमारसँग सेल्फी खिच्ने रहर रहेछ। त्यसैले उनले अक्षय नजिकै पुगेर प्रयास गरे। तर त्यतिखेरसम्म उनको व्यवहारबाट हैरान भएका अक्षय कुमारका वडी गार्डले मुक्का हानिसकेका थिए। त्यो मुक्का ती फ्यानको मुखैमा लाग्यो। मुक्कापछि ती युवक अलमल्लमा परे। हेर्नुस् यसबारे भारतीय मिडियामा आएको भिडियो रिपोर्ट : 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell