PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

सोनम कपुरको एप



पहिलोपोस्ट

सोनम कपुरको एप

सोनम कपुरलाई अभिनयका अलावा स्टाइल र भारतीय फेसनलाई ग्लोबल म्यापमा उतार्न सक्ने हिरोइनका रुपमा चिनिन्छ। पछिल्लो फिल्‍म निरजाले उनलाई थप बलियो हिरोइन बनाएको छ।

फेसबुक, ट्विटर, इन्स्ट्राग्राम र स्न्याप च्याट आदिले डिजिटल संसारमा आफ्नो दवदवा कायम राखेको समयमा उनले भने आफ्नै एप ल्याएकी छिन्। डिसक्लिपल मिडियासँगको सहकार्यमा उनले यस्तो एप ल्याएकी हुन्। आफ्ना फ्यानहरुसँग जोडिनका लागि उनले एप्लिकेसन नै बनाएको बताएकी छिन्। आइट्‍युन एप स्टोर र गुगलको प्ले स्टोर दुवैमा उनको एप उपलब्ध छ। यसबारे थप जानकारीका लागि यहाँ क्लिक गर्नुस्। 

‘मानिसहरुसँग भेट्नु, उनीहरुको प्रतिक्रिया लिनु र मेरो कामप्रति उनीहरुको व्यवहार बुझ्नु सबैभन्दा रमाइलो विषय लाग्छ मलाई,’ सोनमले भनिन्, ‘मेरो एपले म सुटिङमा व्यस्त रहँदा पनि मलाई आफ्नो अनुभव सेयर गर्न सघाउँछ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell