PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

मार्क जुकरबर्गको सुरक्षा खर्च ४४ करोड रुपैयाँ



पहिलोपोस्ट

मार्क जुकरबर्गको सुरक्षा खर्च ४४ करोड रुपैयाँ

फेसबुकका संस्थापक मार्क जुकरबर्ग धनीको सूचीमा मात्र छैनन् खतराको सूचीमा पनि पर्छन्। त्यसैले फेसबुक इंकले उनको सुरक्षामा ठूलै लगानी गर्छ। आखिर जुकरबर्गको सुरक्षा खर्च कति छ त? फेसबुकले पहिलोपटक यसको खुलासा गरेको छ। कम्पनीले संस्थापक जुकरवर्गको सुरक्षाका लागि ४२ लाख अमेरिकी डलर एक वर्षमा खर्च गर्छ। रुपैयाँसँग तुलना गर्दा करिब ४४ करोड रुपैयाँभन्दा धेरै हुन जान्छ।

विश्वका धनीहरुको सूची निकाल्ने पत्रिका फोब्सका अनुसार उनी यो सूचीको आठौं स्थानमा पर्छन्। उनीसँग ४७ अर्ब डलरको सम्पत्ती छ।
सन् २०१३ मा उनको सुरक्षाका लागि फेसबुक इंकले २६ लाख डलर खर्च गरेको थियो भने सन् २०१४ मा ५६ लाख डलर। उनको सुरक्षाका लागि हुने लगानीका कारण आम्दानीको हिस्सामा ठूलो मात्रामा रकम नदेखिएपछि फेसबुकमाथि प्रश्न उठेको थियो। त्यसपछिमात्रै फेसबुकले सुरक्षामा भएको खर्चबारे सार्वजनिक गरेको हो।

फेसबुले जुकरबर्गलाई घरमा र मिसनमा जाँदासमेत सुरक्षा प्रदान गर्छ। अमेरिकाको गुप्तर विभागमा रहेर काम गरिसकेका अधिकारीले जुकरबर्गको सुरक्षाको नेतृत्व लिएका छन्। 

फोटो स्रोत : www.biography.com



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell