PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

ज्ञानेन्द्रको 'गोप्य' दिल्ली भ्रमणको सार्वजनिक एक मात्र फोटो



पहिलोपोस्ट

ज्ञानेन्द्रको 'गोप्य' दिल्ली भ्रमणको सार्वजनिक एक मात्र फोटो

काठमाडौँ : गद्दी खोसिएका राजा ज्ञानेन्द्र शाह बिहीबार अपराह्न भारतको नयाँ दिल्ली गएर शुक्रबार राति फर्किए। उनको यो गोप्य भनिएको भ्रमणबारे नेपाली मात्र होइन, भारतीय मिडियामा समेत अन्यौल देखियो। 

भारतीय मिडियामा ज्ञानेन्द्रलाई भारतीय संस्थापनले निमन्त्रणा गरेको र उनले भारतीय प्रम मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेश मन्त्री सुशमा स्वराज र भारतीय जनता पार्टी र राष्ट्रिय स्वयंसेवक संघका प्रभावशाली नेताहरुलाई भेट्न सक्ने उल्लेख गरिएका समाचार आए। तर त्यो 'रे' मा मात्रै सीमित भयो। फोटो र समाचार कहीँ पनि आएन। 

फेसबुकमा भने उनी दिल्लीमा रहेको एउटा फोटो सार्वजनिक भएको छ। माथिको फोटो रवि घिमिरेले फेसबुकमा अपलोड गरेका हुन्। शनिबार दिउँसो १२:४६ मा अपलोड गरिएको फोटोमा उनले क्याप्सन लेखेका छन्- नेपालका पूर्व राजासँग सामूहिक फोटो। 

फोटो नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको हो। 

त्यसैगरी नेपाल एयरलाइन्समा कार्यरत एयरहोस्टेस प्रतीक्षा तिमिल्सिनाले अर्को ग्रुप फोटो अपलोड गरेकी छिन्।  यो फोटो भने नेपाल एयरलाइन्सको दिल्ली-काठमाडौँ उडानको बेला बिजनेस क्लासमा खिचिएको हो। 

ज्ञानेन्द्र आरए २१८ नम्बरको उडानबाट शुक्रबार राति काठमाडौँ फर्किएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell