PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

न्युरोडमा कोही उठेर बाइक चलाउने, कोही सुतेर, कोही एक खुट्टा भूइँमा टेकेर : हेर्नुस् फोटो

न्युरोडमा कोही उठेर बाइक चलाउने, कोही सुतेर, कोही एक खुट्टा भूइँमा टेकेर : हेर्नुस् फोटो

पहिलोपोस्ट /पहिलोपोस्ट


​काठमाडौं : शनिबार न्युरोड नजिकैको संकटा मन्दिर परिसरको ब्याडमिन्टन कोर्टमा ब्याडमिन्टन खेल होइन, एउटा रमाइलो दृश्य देखियो। कसैले सुतेर स्कुटर चलाए, कसैले उठेर। कसैले एक खुट्टा भुइँमा टेकेर  बाइक एकै ठाउँमा फुइँफुइँ घुमाए। कसैले गुडाउँदा गडाउँदैको बाइक ठाडो पारे। 

बाइकको घ्वार्र घुर्रको चर्को आवाजमा आफ्नै अगाडि बाइक दौडिरहँदा दर्शकहरु भने रमाइलो मानेर हेरिरहेका थिए। बिभिन्न स्टाइलमा बाइक गुडाउने बाइक स्टन्टहरु आज आआफ्नो सो देखाउँदैथिए। तीमध्ये ६ जना पुरुष र तीन महिला। 

उनीहरुको स्टन्टको नाम पनि अचम्मका थिए- स्टपी, हेलिकप्टर, ह्वीली, ब्रन आउट, ह्युमन कम्पास, सिटस्ट्याण्ड आदि। राइडर्स युनिफाइडले नेपालको बाइक स्टन्टको प्रचार प्रसारका लागि यो सो गरेको थियो।

'नेपालमा बाइक स्टन्टलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र नेपालमा यो खेलको विकास गर्दै जाने उद्देश्यले प्रतियोगिता गरेको हो', राइडर्स युनिफाइडका अध्यक्ष दीपेश श्रेष्ठले भने। उनी मोटरसाइकल स्टन्टलाई भलिबल फुटबल जस्तै भिन्न विधाको खेल हो भन्छन्। 

​'नेपालमा यो अझै नयाँ छ तर यसको वर्ल्ड च्याम्पियनसिप समेत हुन्छ' दीपेशले भने। 


ट्रेन्डिङ पोस्ट

Ncell