PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

​अब नेपालसँगको नाकामै ‘मापसे चेक’



पहिलोपोस्ट

​अब नेपालसँगको नाकामै ‘मापसे चेक’

पटना : नेपालमा सफल भएको ‘मापसे चेकिङ’ मोडल भारतले नेपाली सीमामा लागू गर्ने भएको छ। बिहारमा मुख्यमन्त्री नितिश कुमारले मदिरा निषेध गरेपछि सीमा जोडिएको नेपाली भूमिमा आएर रक्सी पिउनेहरु बढेका छन्। त्यसैले मापसे चेक नेपालसँग सीमा जोडिएका ठाउँमा हुन लागेको हो।

नेपालबाट बिहार जाने नाकामा सबैलाई ब्रेथ एनलाइजरको प्रयोग गर्ने तयारी भएको हो। सशस्त्र सीमा बलले यसको प्रयोग गर्ने छ। रक्सी खाएर बिहार छिर्न नदिने रणनीतिअनुसार ब्रेथ एनलाइजरको प्रयोग गर्न लागेको हो।

साथै नेपालसँग जोडिएका भूभागमा कडा निगरानीको निर्देशन पनि दिइएको छ। 

फाइल फोटो : indianexpress.com 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell