PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

आमिर खानको दंगलपछि सेक्रेट सुपरस्टार!



पहिलोपोस्ट

आमिर खान वर्षमा एउटा फिल्ममा मात्र आउने कलाकारका रुपमा चिनिन्छन्। ‘पर्फेक्सनिस्ट एक्टर’ यो वर्षको अन्त्यतिर फिल्म दंगल लिएर आउँदैछन्। योसँगै अर्को वर्षको फिल्मका लागि पनि उनले साइन गरेका छन्। त्यो फिल्म हो ‘सेक्रेट सुपरस्टार’।

अझ रमाइलो त के छ भने यो फिल्ममा आमिर खान लिड रोलमा आउने छैनन। क्यामो रोल पनि होइन उनको। उनी त म्युजिक कम्पोजरको भूमिकामा देखिने छन्। आमिरको म्यानेजर अद्वित चन्दनको निर्देशनमा बन्ने फिल्म एउटा बच्चा र उसकी आमाबीच घुम्छ। बाँकी कलाकार तय भएको छैन।

त्यसो त बलिउडमा फिल्म थाल्नुअघि जुन नाममा सुरु हुन्छ रिलिज हुँदा त्यही हुन्छ भन्ने छैन। सेक्रेट सुपरस्टार नामाकरण हुनुअघि आमिरको यो फिल्मको नाम थियो ‘आज फिर जिने की तमन्ना है’। फिल्मको संगीत अमित त्रिवेदीले कम्पोज गरिरहेका छन् भने लिरिक्समा कौशर मुनिर काम गरिरहेका छन्। जुनदेखि फिल्म सुटिङमा जाने बताइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell