PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

प्रतिवन्धित ५० लाख भारतीय रुपैयाँसहित दुई भारतीय पक्राउ 



पहिलोपोस्ट

प्रतिवन्धित  ५० लाख भारतीय रुपैयाँसहित दुई भारतीय पक्राउ 

काठमाडौंः नेपालमा प्रतिवन्धित भारतीय पाँच सय र एक हजार दरका नोट कारोबारमा संलग्न दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले भारतीय नागरिक अनिलकुमार सोनी र किरणकुमार सोनीलाई पक्राउ गरेको हो ।

प्रतिवन्धित नोटको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा बुढानिलकण्ठस्थित कोठाबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको कोठाबाट पाँच सय दरका १३ लाख र एक हजार दरका  ३७ लाख पचास हजार रुपैयाँ बरामद गरेको जनाएको छ । प्रहरीले उनीहरुलाई राजश्व अनुसन्धान विभागमा बुझाएको छ ।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell