PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

फेरि सर्‍यो राष्ट्रपतिले नीति तथा कार्यक्रम पेश गर्ने मिति, यस्तो छ कारण



पहिलोपोस्ट

फेरि सर्‍यो राष्ट्रपतिले नीति तथा कार्यक्रम पेश गर्ने मिति, यस्तो छ कारण

काठमाडौँ : सरकारको तर्फबाट संसदमा राष्ट्रपतिले नीति तथा कार्यक्रम पेश गर्ने समय फेरि सरेको छ। यसअघि वैशाख २५ गते शनिबार नीति तथा कार्यक्रम पेश गर्ने दलहरुको सहमतिलाई सभामुखसहित बसेको प्रमुख सचेतकहरुको बैठकले २६ गते आइतबार सारेको हो। 

कांग्रेसले संसद अधिवेशन सुरु भए लगत्तै समसामयिक विषयमा छलफल हुनुपर्ने माग अगाडि सारेपछि नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची पछाडि धकेलिएको हो।

आइतबार सभामुखसहित सचेतकहरुका बीच २१ गते अधिवेशन सुरु गर्ने, २२ देखि २४ गतेसम्म प्रि बजेट छलफल गर्ने कार्यसूची तय भएको थियो।

तर कांग्रेसले अधिवेशन सुरु भए लगत्तै समसामयिक विषयमा छलफल हुनुपर्ने धारणा राखेको हो।

'अब २२ र २३ गते समसामयिक विषयहरु, राजनीति, आगलागी, आन्दोलन, नाकाबन्दीदेखि पुननिर्माणमा छलफल हुनेभयो, २४ गते अर्थमन्त्रीले प्रि-बजेट छलफल सुरु गर्ने, अनि २५ गते छलफल गर्ने, २६ गते बल्ल राष्ट्रपतिले नीति तथा कार्यक्रम पेश गर्ने निर्णय भयो', राप्रपा नेपालमा प्रमुख सचेतक दीलनाथ गिरीले पहिलोपोस्टसित भने।

उनले प्रमुख प्रतिपक्षी कांग्रेसकै अडानका कारण नीति तथा कार्यक्रम पेश गर्ने मिति हेरफेर भएको बताए।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले २३ गतेनै नीति तथा कार्यक्रम पेश गर्न सर्वदलीय बैठकमा प्रस्ताव गरेका थिए। तर कांग्रेसले प्रि-बजेट छलफल हुनुपर्ने अडान लिएको थियो।

'यो त बजेट अधिवेशन हो, नीति तथा कार्यक्रम र बजेट आएपछि अरु छलफल गरौँ भनेर हामीले भनेको हो। हामीले जेठको १, २, ३ गते समसामयीक छलफल गरौँ भनेको हो। प्रतिपक्षी कांग्रेसले जोडदार माग गर्‍यो', गिरीले भने।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell