PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

​सरकारको पक्षमा कडारुपमा उत्रिन ओलीको निर्देशन



पहिलोपोस्ट

​सरकारको पक्षमा कडारुपमा उत्रिन ओलीको निर्देशन

काठमाडौं : नेकपा एमाले संसदीय दलको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको पक्षमा लाग्न सांसदहरुलाई निर्देशन दिएका छन्। संसदमा सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम कांग्रेसका कारण सरेपछि ओलीले सरकारका पक्षमा आफ्ना सांसदलाई कडा रुपमा प्रस्तुत हुन निर्देशन दिएका हुन्।

नेपाली कांग्रेसका सांसदहरु सरकार परिवर्तनको पक्षमा उभिन थालेलगत्तै ओलीले यस्तो निर्देशन दिएका हुन्। उनले संसदमा सरकारको पक्षमा प्रभावकारी भूमिका खेल्न निर्देशन दिएको प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए।

‘कांग्रेसले सरकार विरुद्ध हस्ताक्षर संकलन गर्दैछ के गर्नुहुन्छ?’ भन्ने पत्रकारको प्रश्नमा सचेतक ढकालले भने, ‘आफ्नै सरकार विरुद्ध हस्ताक्षर संकलन गर्नेले हामीलाई सहयोग गर्छ जस्तो लाग्दैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell