PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

अपरेसन आइस : ५० लाख रुपैयाँसहित 'ड्रग्स तस्कर' प्रहरीको फन्दामा



मनोज सत्याल

अपरेसन आइस : ५० लाख रुपैयाँसहित 'ड्रग्स तस्कर' प्रहरीको फन्दामा

  • मनोज सत्याल -
काठमाडौं : नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले ५० लाख रुपैयाँसहित ड्रग्स कारोबारी पूर्णबहादुर पाख्रिन तामाङलाई पक्रन सफल भएको छ। ब्युरोको ‘अपरेसन आइस’ अन्तर्गत लामो समयको निगरानीपछि उनलाई वैशाख १७ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।

विभिन्न मानिसलाई भरिया बनाउँदै ड्रग्स ओसारपसार गर्दै आएका उनलाई बुढानिलकण्ठबाट समातिएको हो। आर्थिक प्रलोभनमा पारी थाइल्यान्डबाट उनले लागूऔषध एम्फेटामाइन ३०२ ग्राम भित्र्याउँदै आएका थिए।

उनले धादिङ सत्यादेवी ८ राकचोकका नेत्र गुरुङ र चित्र तामाङमार्फत ल्याएको ड्रग्स प्रहरीले पक्रेको थियो। २०७२ चैत ३० गते नेत्र गुरुङलाई बच्चाको खेलौना, सुटकेसको डन्डी र क्रिमको बट्टामा लुकाएर थाइल्यान्डबाट ल्याउँदै गर्दा ब्युरोले समातेको थियो।

पूर्णबहादुर पाख्रिन थाइल्यान्डमा बसी अस्ट्रेलिया, फिलिपिन्स, म्यानमारका ड्रग्स कारोबारीसँग सम्पर्कमा रही यस्तो कार्यमा संलग्न रहँदै आएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell