PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

  • गेजुवाको टोली पुग्यो गोरखा, के बन्ला १२०० मेगावाटको बुढीगण्डकी?

    गेजुवाको टोली पुग्यो गोरखा, के बन्ला १२०० मेगावाटको बुढीगण्डकी?

    काठमाडौं : १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा पाएको १० दिन नबित्दै आइतबार चाइना गेजुवा ग्रुप कम्पनी (सिजिजिसी) इन्जिनिरियङ टोली सहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल उत्रियो। उत्रिएको भोलिपल्टै आयोजनास्थल धादिङ र गोर्खाको सीमानामा पुग्यो।    चीनमा बनेको २२ हजार ५०० मेगावाटको जलाशाययुक्त थ्री गर्जेज आयोजनाका इन्जिनियरलाई लिएर कम्पनीका नेपाल स्थित कन्ट्री हेड इभान झिसोङ नेतृत्वको टोली गोर्खाको सिउरेनीटार पुगेको…

    विस्तृतमा पढ्नुस्

  • दोस्रो चरणको स्थानीय निर्वाचनपछिमात्र संविधान संशोधन : प्रधानमन्त्री शेरबहादुर देउवा

    दोस्रो चरणको स्थानीय निर्वाचनपछिमात्र संविधान संशोधन : प्रधानमन्त्री शेरबहादुर देउवा

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको दोश्रो निर्वाचन अगाडि संविधान संशोधन गर्न नसकिने सिधा जवाफ दिएका छन्। मधेशमा आधारित राजनीतिक दलका नेताले संसदमा संविधान संशोधनमा सहमतिअनुसार काम नभएको भन्दै आलोचना गरेपछि देउवाले निर्वाचनअघि संशोधन हुन नसक्ने बताएका हुन्।   'धेरै घुमाउनुपर्ने कुरा छैन। दोश्रो चरणको स्थानीय तहको निर्वाचन अगाडि संशोधन सम्भावना छैन। दोश्रो चरणको चुनाव सकिनासाथै प्रतिपक्षी दलसँग कुरा…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री निर्वाचनका दिन कहाँ हराएका थिए सांसद?

    प्रधानमन्त्री निर्वाचनका दिन कहाँ हराएका थिए सांसद?

    काठमाडौं : मंगलबार ३ सय ८८ मतका साथ कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भए। उनको विपक्षमा १ सय ७० मत पर्‍यो। जबकि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकै १ सय ८१ सांसद छन्। कहाँ हराए त उनीहरु? संसद सचिवालयले प्रकाशित गरेको सूचना अनुसार प्रधानमन्त्री निर्वाचनमा नेकपा मालेका ५ सांसदको हस्ताक्षर छैन। उनीहरुले पक्ष वा विपक्ष कतै मत हालेका छैनन्। त्यस्तै…

    विस्तृतमा पढ्नुस्

  • संसदमा शीर्ष तीन नेताको घोचपेचका ६ रोचक प्रसंग

    संसदमा शीर्ष तीन नेताको घोचपेचका ६ रोचक प्रसंग

    काठमाडौँ :  संसदको मंगलबार दुई बैठक बस्यो। पहिलो बैठकमा प्रधानमन्त्री प्रचण्ड, प्रधानमन्त्रीका उम्मेद्वार शेरबहादुर देउवा र विपक्षी नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरे। नेतात्रयबीच वाकयुद्ध नै चल्यो। दोश्रो बैठकमा प्रधानमन्त्री निर्वाचनको प्रक्रिया अगाडि बढ्यो। र कांग्रेस सभापति शेरबहादुर देउवा ३ सय ८८ मतका साथ प्रधानमन्त्री निर्वाचित भए। संसदको पहिलो बैठक नेतात्रयको घोचपेचले निकै रोचक बन्यो। के भएको…

    विस्तृतमा पढ्नुस्

  • संसद अवरोध हटाउन एमाले तयार, यस्तो भयो सहमति

    संसद अवरोध हटाउन एमाले तयार, यस्तो भयो सहमति

    काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदको अवरोध हटाउन तयार भएको छ। एमालेले भरतपुर महानगरमा रोकिएको मतगणना सुचारु गर्नुपर्ने माग गर्दै संसदमा अवरोध गर्दै आएको थियो।  अवरोधका कारण आइतबार प्रधानमन्त्री निर्वाचनको कार्यसूची रहेको संसद बैठकसमेत बस्दै नबसी मंगलबारसम्म स्थगित भएको थियो। एमालेले अवरोध र प्रतिवादको चेतावनी दिएपछि सभामुखले संसद बैठक दुई दिन सारेकी थिइन्।  सभामुख ओनसरी घर्तीले सोमबार डाकेको बैठकमा…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री चुन्न एमालेको अवरोध, ओलीलाई कुर्दै संसद बैठक स्थगित

    प्रधानमन्त्री चुन्न एमालेको अवरोध, ओलीलाई कुर्दै संसद बैठक स्थगित

    काठमाडौँ: प्रधानमन्त्री चयनका लागि आज व्यवस्थापिका संसदमा निर्वाचनको कार्यसूची भए पनि एमालेको अवरोधका कारण बिहान ११ बजेका लागि डाकिएको बैठक सूचना टाँस गरी दिउँसो ३ बजेका लागि सरेको छ।    भरतपुर प्रकरणलाई लिएर एमालेले केही दिनदेखि निरन्तर सदन अवरुद्ध गर्दै आएको छ। बिहान १० बजे सभामुख ओनसरी घर्ती मगरले डाकेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरुले आ-आफ्नो अडान कायम राखे। एमालेले संसद…

    विस्तृतमा पढ्नुस्

  • एमालेको 'प्रतिकार गर्ने' चेतावनीपछि प्रधानमन्त्री चुन्न संसद बैठक बिहान ११ बजे बस्न सकेन

    एमालेको 'प्रतिकार गर्ने' चेतावनीपछि प्रधानमन्त्री चुन्न संसद बैठक बिहान ११ बजे बस्न सकेन

    काठमाडौँ: प्रधानमन्त्री चयनका लागि आज बिहान ११ बजे बस्ने भनिएको व्यवस्थापिका संसदको बैठक सूचना टाँसेर दिउँसो ३ बजेका लागि सर्‍यो।   बैठक अगाडि संसदको  कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने गर्छ। बिहान १० बजे  सभामुख ओनसरी घर्ती मगरले समिति बैठक डाकेकी थिइन्।  बैठकमा सहभागी माओवादी केन्द्रका सांसद् रामनारायण बिडारीका अनुसार एमालेले भरतपुर प्रकरणलाई लिए बैठक चल्न नदिने, चलाए प्रतिकार गर्ने चेतावनी दिएको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको कुर्सी र देउवाबीच कम्तिमा दुई दिनले बढ्यो दुरी

    प्रधानमन्त्रीको कुर्सी र देउवाबीच कम्तिमा दुई दिनले बढ्यो दुरी

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्नबाट कम्तिमा पनि दुई दिनका लागि रोकेको छ। प्रधानमन्त्री निर्वाचनको प्रकाशित कार्यतालिका अनुसार आइतबार ११ बजेको संसद बैठकबाट देउवा प्रधानमन्त्री चुनिने पर्ने हो।  शनिबार प्रधानमन्त्री पदका लागि देउवा एक्लैको उम्मेद्वारी परेको थियो। उनको पक्षमा बहुमत सांसद समेत जुटिसकेको छ। तर, प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्रीको निर्वाचन कार्यतालिका नै प्रभावित…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री चयनको प्रक्रियामा एमालेको आपत्ति, प्रतिवाद गर्ने चेतावनी

    प्रधानमन्त्री चयनको प्रक्रियामा एमालेको आपत्ति, प्रतिवाद गर्ने चेतावनी

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री चयनको प्रक्रियामाथि प्रश्न उठाउँदै 'प्रक्रियासम्मत' नभएको जनाएको छ।  एमाले नेता शंकर पोखरेलले 'व्यक्तिले अगाडि बढाएको प्रधानमन्त्री चयनको प्रक्रियाबारे संसद जानकार नरहेको' बताए। उनले संसदको आइतबारको बैठक पनि अवरोध गर्ने संकेत गरे। सभामुख ओनसरी घर्तीले आइतबार ११ बजेको बैठकबाट नयाँ प्रधानमन्त्री चयन गर्ने गरी प्रधानमन्त्री निर्वाचनको कार्यतालिका शुक्रबार प्रकाशित गरेकी थिइन्।  'पार्लियामेन्ट त…

    विस्तृतमा पढ्नुस्

  • नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया सुरु, शनिबार उम्मेदवारी दर्ता, आइतबार चुनाव

    नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया सुरु, शनिबार उम्मेदवारी दर्ता, आइतबार चुनाव

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको कडा दवावकै बीच संसद सचिवालयले प्रधानमन्त्री निर्वाचनका लागि कार्यतालिका प्रकाशित गरेको छ।  संसद् सचिवालयले प्रकाशित गरेको कार्यतालिकाअनुसार शनिबार उम्मेदवारको मनोनयन दर्ता हुने छ भने २१ गते आइतबार बिहान ११ बजेको बैठकबाट प्रधानमन्त्री निर्वाचनको प्रक्रिया सुरु हुने छ।  यसअघि आजै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेकपा एमालेले प्रधानमन्त्री निर्वाचनको कार्यतालिका अघि नबढाउन आग्रह गरेको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीमा एमालेबाट वामदेवको चर्चा : हुकुमको एक्का कि चिडीको दुवा?

    प्रधानमन्त्रीमा एमालेबाट वामदेवको चर्चा : हुकुमको एक्का कि चिडीको दुवा?

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएपछि कांग्रेस-माओवादी गठबन्धनबाट नयाँ प्रधानमन्त्रीको उम्मेद्वार हुँदैछन् कांग्रेस सभापति शेरबहादुर देउवा।  संसद सचिवालयले प्रधानमन्त्री चयनको प्रक्रिया सुरु गरिसकेको छ। शनिबार बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ। माओवादी कांग्रेसको अहिलेकै गठबन्धनबाट देउवाले उम्मेदवारी दर्ता गर्दैछन्। अघिल्लोपटक यही गठबन्धनबाट प्रचण्डले उम्मेद्वारी दर्ता गरेका थिए। तर, प्रचण्ड विरुद्ध एमालेले उम्मेद्वारी दिएको…

    विस्तृतमा पढ्नुस्

  • 'नो हर्न' काठमाडौँमा नयाँ मेयरको 'साइरन' सवारी

    'नो हर्न' काठमाडौँमा नयाँ मेयरको 'साइरन' सवारी

    काठमाडौं : काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बुधबार पद तथा गोपनीयताको सपथ ग्रहण गरे। राष्ट्रिय सभा गृहमा सपथ लगत्तै उनले राजसी ठाँट देखाउँदै 'भिभिआइपी' कल्चरलाई प्राथमिकता दिए।  राजधानी काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले 'नो हर्न' लागू गरेपछि अहिले छिटफुट मात्र 'ट्याँ टूँ' सुनिन्छ। तर, नयाँ मेयरको सवारी सपथ र पदभार ग्रहणकै दिनदेखि साइरन सहित हुँइकिन सुरु गरेको छ। कतिपय मन्त्रीहरुले समेत…

    विस्तृतमा पढ्नुस्

  • कस्तो छ बजेट? पूर्व अर्थमन्त्री महत, पाण्डे, अधिकारी र आचार्य यसो भन्छन…

    कस्तो छ बजेट? पूर्व अर्थमन्त्री महत, पाण्डे, अधिकारी र आचार्य यसो भन्छन…

    काठमाडौं : स्थानीय तहलाई अधिकारसहित बजेट दिएकोमा पूर्व अर्थ मन्त्रीहरुले सकारात्मक प्रतिक्रिया दिएका छन्। अर्थमन्त्री कृष्णबहादुर महराले संसदमा सोमबार आर्थिक वर्ष २०७४/७५ का लागि पेश गरेको बजेटमा प्रारम्भिक प्रतिक्रिया जनाउँदै उनीहरुले सकरात्मक टिप्पणी गरेका हुन्।  पूर्व अर्थमन्त्री समेत रहेका कांग्रेस नेता रामशरण महतले बजेट इच्छा र आकांक्षाको 'क्याटलग'को रुपमा आएको टिप्पणी गरे।  'स्थानीय तहलाई धेरै जिम्मेदारी दिनु सकारात्मक हो तर…

    विस्तृतमा पढ्नुस्

  • आलोचना गर्ने नेतालाई रेणुको च्यालेन्ज : सक्नुहुन्छ भने छोराछोरीलाई राजनीतिमा उतार्नुस्

    आलोचना गर्ने नेतालाई रेणुको च्यालेन्ज : सक्नुहुन्छ भने छोराछोरीलाई राजनीतिमा उतार्नुस्

    मेयर पदका लागि भरतपुरमा प्रतिस्पर्धामा उत्रिएकी रेणु दाहालको चर्चा मिडियामा सक्रिय राजनीतिकर्मीभन्दा प्रचण्ड पुत्रीको रुपमा भयो। भरतपुर पुगेर अन्तर्वार्ताको प्रस्ताव गर्दा उनी खासै सकारात्मक देखिइनन्। तर, आफूमाथि लागेका आरोपहरु खण्डन गर्ने उनको चाहना प्रस्ट देखिन्थ्यो। लाभको पद नरोजेर जनताबाट अनुमोदित हुने उनको चाहनाको प्रचार भएन। प्रधानमन्त्री पुत्रीका रुपमा बदनाम गर्नेहरु भने धेरै सक्रिय रहे। यसपालाको निर्वाचनमा कुप्रचारको चपेटामा उनी बराबर…

    विस्तृतमा पढ्नुस्

  • राप्रपाका राजारामलाई एमालेले धोका दिएको हो?

    राप्रपाका राजारामलाई एमालेले धोका दिएको हो?

    काठमाडौं : काठमाडौं महानगरको मतगणना जारी रहँदा नेकपा एमालेका मेयर उम्मेद्‍वार विद्यासुन्दर शाक्यले 'लिड' गरिरहेका छन्। तर एमालेसँग गठबन्धन गरेको राप्रपाका उपप्रमुख उम्मेद्‍वार राजाराम श्रेष्ठ पछि परेका छन्। कांग्रेस उम्मेद्‍वार हरिप्रभा खड्गीसँग राजारामको मतको दूरी निकै बढ्दो छ। एमाले कार्यकर्ता र मतदाताले विद्यासुन्दरलाई भोट दिए तर राजारामलाई त्यही अनुरुप भोट नदिएको मतपरिणामले देखाइसकेको छ। राजाराम कांग्रेस उम्मेद्‍वार हरिप्रभासँग १५ हजार मतले पछि परेका छन्। अब कमब्याकको आशा गर्नु 'फलामको च्युरा' चपाउनुमात्र…

    विस्तृतमा पढ्नुस्

  • राजीनामा घोषणामा प्रधानमन्त्री प्रचण्डका ३ भाव ४ दृश्य

    राजीनामा घोषणामा प्रधानमन्त्री प्रचण्डका ३ भाव ४ दृश्य

    काठमाडौं : संसदमा सम्बोधन गरेर प्रधानमन्त्री पदबाट राजीनामा दिन नपाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशवासीका नाममा सम्बोधन मार्फत् पद त्यागे। राजीनामा दिँदा प्रचण्डले आफ्नो सरकारको पालामा स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको, आर्थिक वृद्धिदर उकालो लागेको, लोडसेडिङ अन्त्य भएको, भारत र चीनसँग कुटनीतिक सन्तुलन कायम गरे लगायतका कामका फेहरिस्त राखे। अनि आफूले कांग्रेसँग भएको समझदारी अनुसार राजीनामा दिएको पनि…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् भरतपुरमा कांग्रेस र माओवादीसित सिङ्गल भिडिरहेका 'मुन्ना' अर्थात् देवी ज्ञवाली

    यी हुन् भरतपुरमा कांग्रेस र माओवादीसित सिङ्गल भिडिरहेका 'मुन्ना' अर्थात् देवी ज्ञवाली

    भरतपुर :  अहिले देशकै ध्यान तानेको छ यो एउटा प्रश्नले- ‘प्रचण्डकी छोरीले जित्छिन् कि हार्छिन्?’ भरतपुर महानगरपालिकाका मेयर उम्मेदवार रेणु दाहालका लागि सत्तारुढ दुई दल कांग्रेस र माओवादीको गठबन्धन चुनावी तालेमलमा मात्र सीमित थिएन, तालमेल सत्ताको साँचो हस्तान्तरणसम्म थियो।  दुई ध्रुवको राजनीतिबाट  रेणुका लागि माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवा उभिएपछि एमाले अध्यक्ष केपी ओली पनि उभिदिए देवी ज्ञवालीका…

    विस्तृतमा पढ्नुस्

  • रेणु दाहालमाथि 'प्रेसर' का चार कारण, भन्छिन् – 'कांग्रेसको मत सोचे जस्तो आएन'

    रेणु दाहालमाथि 'प्रेसर' का चार कारण, भन्छिन् – 'कांग्रेसको मत सोचे जस्तो आएन'

    भरतपुर (चितवन) : भरतपुरमा मतगणना जारी रहँदा माओवादी केन्द्र र नेपाली कांग्रेसका साझा उम्मेद्वार रेणु दाहाल प्रतिस्पर्धी नेकपा एमाले उम्मेद्वार देवी ज्ञवालीभन्दा पछाडि छिन्। ३ हजार ५ सय मत अन्तरले पछाडि परे पनि रेणुको 'कमब्याक' सम्भावना सकिएको छैन।   भरतपुरका वडा नं १५ र १६ मा कांग्रेसको दह्रो पकड छ। जनसंख्या पनि धेरै। रेणुको मेयरमा 'कमब्याक'को आशा यिनै वडाका मत…

    विस्तृतमा पढ्नुस्

  • भरतपुर महानगरपालिका : देवी र रेणु दुवैलाई कांग्रेसको भोटको भर

    भरतपुर महानगरपालिका : देवी र रेणु दुवैलाई कांग्रेसको भोटको भर

    चितवन : उखु पेल्ने मेसिन घुमिरहेछ। अनि जुस पिउने पनि उत्तिकै छन्। सडकको ताप जुत्ताको सोल छेडेर पैताला पोल्ने छ। छाता ओढेर मात्र मानिसहरु सडकमा निस्कन्छन्। ३७ डिग्रीको तापले चितवनको भरतपुरमा पसिना नचुहाउने कमै छन्।  तर भरतपुरको यो गर्मीलाई बिर्साउने गरी अहिले चुनावको गर्मी बढेको छ। कांग्रेस र माओवादी गठबन्धनबाट प्रधानमन्त्री पुत्री रेणु दाहाल र एमालेका तर्फबाट देवी ज्ञवाली भरतपुर…

    विस्तृतमा पढ्नुस्

  • उम्मेद्वारको प्राप्त मत भन्दा धेरै बदर, क्रस भोटिङ गर्दा गडबड

    उम्मेद्वारको प्राप्त मत भन्दा धेरै बदर, क्रस भोटिङ गर्दा गडबड

    काठमाडौँ : मतदाता शिक्षामा निर्वाचन आयोगको कमजोरीले मतपत्रमा सदर भन्दा बदर मत धेरै देखिएको छ। निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम लागु गर्दै टेलिभिजन, रेडियो र पपत्रिकाबाट गरेको विज्ञापन पानीमा गएको छ। आयोगले मतदान अघि शिक्षकहरु परिचालन गर्दै मतदाता शिक्षा कार्यक्रम समेत लागू गरेको भए पनि मतदाताले नबुझेको देखिएको हो।  काठमाडौँकै मतदाताले समेत मत्रपतमा मत खसाल्दा 'प्यानल' भोट हाल्ने बाहेक क्रस…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell