PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

  • निर्वाचन आयोगको भूमिकामाथि ओली सशंकित, सोधे : मन्त्रीले पैसा बाँड्न पाउँछ?

    निर्वाचन आयोगको भूमिकामाथि ओली सशंकित, सोधे : मन्त्रीले पैसा बाँड्न पाउँछ?

    काठमाडौं : स्थानीय तह निर्वाचनको अघिल्लो दिन साँझ प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगमाथि गम्भीर आक्षेप लगाएका छन्। पत्रकार सम्मेलनमार्फत् ओलीले निर्वाचन आयोगको भूमिकामाथि प्रश्न उठाए। 'म निर्वाचन आयोगलाई दोस्रो चरणमा कति स्थानमा निर्वाचन हुँदैछ भनेर सोध्न चाहन्छु,' आयोगप्रति कडा रुपमा उत्रिएका ओलीले प्रश्न गरे, 'किन जिब्रो चपाउँदैछ आयोग?' हिजोमात्र मन्त्रिपरिषदले नवनियुक्त उपप्रधान तथा…

    विस्तृतमा पढ्नुस्

  • हामीले भोट हाल्न नपाउने? 

    हामीले भोट हाल्न नपाउने? 

    केही दिन भयो घर पुगेपछि भाइको एउटै प्रश्न हुन्छ - भोट हाल्न जानुपर्ने। बिदा हुन्छ कि हुँदैन?  एउटा निजी बैंकमा जागिर खाने भाइलाई स्थानीय तहको निर्वाचनको चासो छ। गाउँ जाने सडकको स्तरोन्नती र गाउँका विकासका लागि सक्षम नेतृत्वको आउनुपर्छ भन्ने उसको मान्यता। त्यसका लागि भोट दिएर योग्य उम्मेदवार छान्ने रहर पनि। वैशाख ३१ गते मतदानको दिन सरकारले बिदा घोषणा त…

    विस्तृतमा पढ्नुस्

  • महाभियोग प्रस्ताव संसद्‍मा टेबल भएपछि प्रतिपक्षी गठबन्धनको बैठक, अवरोध जारी राख्ने निर्णय

    महाभियोग प्रस्ताव संसद्‍मा टेबल भएपछि प्रतिपक्षी गठबन्धनको बैठक, अवरोध जारी राख्ने निर्णय

    काठमाडौँ : एमालेसहित प्रतिपक्षीहरुको विरोधका बीच सभामुख ओनसरी घर्तीले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्‍का २४९ सांसदले दर्ता गरेको महाभियोगको सूचनासम्बन्धी प्रस्ताव संसद्‍मा टेबल गरेपछि प्रतिपक्षी गठबन्धनको बैठक संसद् परिसरमा बसेको छ।  बैठकले अवरोधका बीच जबर्जस्ती महाभियोग प्रस्तावलाई अघि बढाइएकोमा घोर भत्सर्ना गर्दै विरोध र अवरोधलाई निरन्तर अगाडि बढाउने  निर्णय गरेको छ।  एमालेसहित विपक्षीहरुले सुरुमा उठेर र त्यसपछि नाराबाजीसहित वेल घेराउ गर्दागर्दै…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंको चुनावमा सक्रिय भए उपेन्द्र यादव

    काठमाडौंको चुनावमा सक्रिय भए उपेन्द्र यादव

    काठमाडौं : संविधान संशोधनविना निर्वाचनमा सहभागी नहुने अडान लिँदै आएको संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव चुनावी प्रकृयामा सक्रियरुपमा सहभागी भएका छन्। डाक्टर बाबुराम भट्टराईको नयाँ शक्तिसँग चुनावी सहकार्य गर्दै काठमाडौं महानगरपालिकाको निर्वाचनमा उम्मेद्वारी दर्ता गराउन पुगेका यादवले 'संविधान संशोधन'लाई अनिवार्य शर्त मान्ने मधेसी मोर्चा पनि स्थानीय तहको निर्वाचनमा सहभागी हुने बताए। यादव र भट्टराई गठबन्धनबाट काठमाडौंमा पवित्र बज्राचार्य मेयर…

    विस्तृतमा पढ्नुस्

  • 'एमालेमाथि आक्रमणपछि राप्रपासँग सहकार्य', ३ महानगरमा एमाले-राप्रपा एक

    'एमालेमाथि आक्रमणपछि राप्रपासँग सहकार्य', ३ महानगरमा एमाले-राप्रपा एक

    काठमाडौं : स्थानीय तहको निर्वाचनमा देशका तीन महानगरपालिकामा नेकपा एमाले र राप्रपाबीच चुनावी सहकार्य हुने भएको छ। काठमाडौं, ललितपुर र पोखरा महानगरपालिकामा दुई दलबीच सहकार्य हुने भएको हो।  'एमालेमाथि सबैको प्रहार केन्द्रित भएको छ,' चुनावी तालमेलबारे जानकारी दिँदै नेकपा एमाले प्रदेश नम्बर ३ का संयोजक अष्टलक्ष्मी शाक्यले भनिन्, 'मिलेर जान सकिने ठाउँमा तालमेल गर्ने निर्णय गरेका छौं।' उनले यसपटकको निर्वाचनमा…

    विस्तृतमा पढ्नुस्

  • उम्मेद्वारी दर्तासँगै कांग्रेस र एमालेका मेयर प्रत्यासीबीच 'वाकयुद्ध'

    उम्मेद्वारी दर्तासँगै कांग्रेस र एमालेका मेयर प्रत्यासीबीच 'वाकयुद्ध'

    काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरका लागि प्रतिस्पर्धामा उत्रिएका नेताहरुबीच मतदाता लोभ्याउने होड सुरु भएको छ। नामावली दर्ता गरेसँगै उम्मेद्वारहरुले आफ्ना योजना सार्वजनिक गर्न भ्याइहाले। योजनासँगै एक अर्कालाई आरोप र आक्रमण पनि थालीहाले उनीहरुले।  उम्मेद्वारी दर्ताका लागि पुगेका कांग्रेसबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेद्वार राजुराज जोशीले पाँच वर्ष भित्र काठमाडौँमा फ्री वाइफाइ दिने घोषणा गरे। 'पाँच वर्षपछि काठमाडौंमा कसैले पनि इन्टरनेटको पैसा…

    विस्तृतमा पढ्नुस्

  • युवा महिला उम्मेद्वारको अठोट : 'जित हार जे होला, हिम्मत हारेका छैनौँ' 

    युवा महिला उम्मेद्वारको अठोट : 'जित हार जे होला, हिम्मत हारेका छैनौँ' 

    काठमाडौँ : २१ वर्षीय रञ्जु दर्शनाले काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेद्वारी घोषणा गरेर राजधानी केन्द्रीत मिडियामा चर्चा बटुलिरहँदा मुख्य दलबाट प्रतिष्पर्धामा रहेका युवा महिला उम्मेद्वार विभिन्न आरोप सामना गर्दैछन्। रञ्जुको नेतृत्व क्षमता र अनुभवमाथि शहरमा प्रश्न भैरहँदा दलका आन्तरिक प्रतिष्पर्धामा उठेका रञ्ज जस्तै उम्मेद्वारहरु आफूलाई सक्षम पुष्टि गर्न तल्लिन छन्।  २४ वर्षीय सृष्टि रेग्मी इन्जिनियर हुन्। बाजुराको जिल्ला प्राविधिक कार्यालयको…

    विस्तृतमा पढ्नुस्

  • विवादमा महान्यायाधिवक्ता : सरकारी वकिल कि पार्टीको प्रमुख सचेतक? 

    विवादमा महान्यायाधिवक्ता : सरकारी वकिल कि पार्टीको प्रमुख सचेतक? 

    काठमाडाैँ : सभामुख ओनसरी घर्तीको कार्यकक्षमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेलगत्तै महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ मिडिया छल्दै पुरानो प्रतिनिधि सभा भवनको आडबाट बाहिरन खोजे। प्रस्ताव दर्ता भए/नभएको अन्योलमा रहेका सञ्चारकर्मीले उनलाई प्रतिक्रियाका लागि आग्रह गरे। मिडियासामू फेस नगर्ने रणनीतिमा देखिएका श्रेष्ठ ग्यालरी बैठकको बाटो हुँदै लम्किदैँ थिए।  तर, मिडियाले उनलाई छाडेनन्, दुवै तर्फबाट घेरे। सत्तारुढ दल र आइजिपी प्रकरणमा पछिल्लो…

    विस्तृतमा पढ्नुस्

  • प्रधानन्यायाधीश सुशीला कार्कीको पद निलम्बनमा, संसदमा महाभियोग प्रस्ताव दर्ता

    प्रधानन्यायाधीश सुशीला कार्कीको पद निलम्बनमा, संसदमा महाभियोग प्रस्ताव दर्ता

    काठमाडौँ : प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव संसदमा दर्ता भएको छ। सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र सत्ता साझेदार नेपाली कांग्रेसका २४९ सांसदहरुले संयुक्त रुपमा महाभियोग प्रस्ताव दर्ता गरेका हुन्। प्रस्तावकमा नेपाली कांग्रेसका मीन विश्वकर्मा र माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेत रहेका छन् भने समर्थकमा दुवै पार्टीका २४९ सांसदहरु सदस्य छन्।  संवैधानिक प्रावधानअनुसार कम्तिमा एक चौथाई सांसदको सङ्ख्या पुर्‍याएर…

    विस्तृतमा पढ्नुस्

  • सुशीलालाई महाभियोग : रमन 'डिजाइनर' 

    सुशीलालाई महाभियोग : रमन 'डिजाइनर' 

    काठमाडौँ : आइतबार बिहान महान्यायाधीवक्ता रमन श्रेष्ठ प्रधानमन्त्री कार्यालय सिंहदरबार र सर्वोच्चको मूल गेटको बीचमा रहेको आफ्नो कार्यालय पुगे। कार्यालय पुगेलगत्तै उनको हातमा पर्यो आइजीपी विवादको चैत ८ गतेको फैसलाको पूर्णपाठ। पूर्णपाठ पढे लगत्तै रमन बेचैन भए। त्यो त्यहि फैसला थियो जसमा नवराज सिलवाल कार्यसम्पादनमा पहिलो नम्बरमा रहेको भन्दै उनको वैध अपेक्षा पुरा गर्न परमादेश थियो। पूर्णपाठबाट रमन थप निष्कर्षमा…

    विस्तृतमा पढ्नुस्

  • वैशाख ३१ को निर्वाचन सारेर एकै चरणमा निर्वाचन गराउन कुन दलको के स्वार्थ? (विश्लेषण)

    वैशाख ३१ को निर्वाचन सारेर एकै चरणमा निर्वाचन गराउन कुन दलको के स्वार्थ? (विश्लेषण)

    काठमाडौँ : वैशाख ९ गते मधेसी मोर्चासँग सरकारले दुई चरणमा निर्वाचन गर्ने सहमति गर्‍यो। ठीक त्यसको भोलिपल्ट बसेको मन्त्रिपरिषद् बैठकले दुई चरणमा निर्वाचनको घोषणा गर्दै मिति तय गर्‍यो – वैशाख ३१ पहिलो र जेठ ३१ गते दोश्रो चरण। एकै चरणमा देशभर निर्वाचन गर्ने घोषणा गर्दै बैशाख ३१ को मिति तोकेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मोर्चासँगको सहमति पछि प्रदेश १, २,५…

    विस्तृतमा पढ्नुस्

  • एमाले अध्यक्ष ओलीको आरोप : निर्वाचनको आवरणमै निर्वाचन भाड्दै सरकार

    एमाले अध्यक्ष ओलीको आरोप : निर्वाचनको आवरणमै निर्वाचन भाड्दै सरकार

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आसन्न निर्वाचन गर्न नै नचाहेको आरोप लगाएका छन्। आज नेकपा एमालेको पार्टी प्रचार विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिलेको सरकारलाई 'धाँधलीवाज सरकार' भन्दै निर्वाचनको आवरणमा निर्वाचन नै नगराउन उद्धत रहेको दावी गरे। अध्यक्ष ओलीले सरकारले नै निर्वाचन नचाहेको आरोपलाई पुष्टि गर्न आधारहरुसमेत पेश गरेका छन्। यस्ता…

    विस्तृतमा पढ्नुस्

  • संसद् दोस्रो दिन पनि अवरुद्धः मन्त्रीको जवाफ चित्त बुझेन भन्दै एमालेले गर्‌‍यो अवरोध

    संसद् दोस्रो दिन पनि अवरुद्धः मन्त्रीको जवाफ चित्त बुझेन भन्दै एमालेले गर्‌‍यो अवरोध

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसद् बैठक अवरुद्ध पारेफो छ। स्थानीय तहको संख्या थप्नेगरी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गरेको परिपत्रको विरोधमा हिजो संसद् बैठक अवरोक गरेको एमालेले आज पनि बैठक अवरुद्ध पारेको हो। हिजो दिउँसो दुई बजेका लागि बोलाइएको बैठक एमालेले मन्त्रीको जवाफ नआउँदासम्म चल्न नसक्ने भन्दै अवरोध गरेको थियो। सभामुख ओनसरी घर्तीले संसद्को ध्यानाकर्षण…

    विस्तृतमा पढ्नुस्

  • पावरफूल बन्दैछन् गाउँपालिका/नगरपालिका उपाध्यक्ष : कार्यकारीदेखि न्यायिक अधिकारसम्म 

    पावरफूल बन्दैछन् गाउँपालिका/नगरपालिका उपाध्यक्ष : कार्यकारीदेखि न्यायिक अधिकारसम्म 

    काठमाडौँ : राजनीतिक दलहरुले ७ सय ४४ स्थानीय तहमा गाउँपालिका र नगरपालिकामा उम्मेद्वारको टुङ्गो लगाउँदैछन्। गाउँपालिका र नगरपालिकामा अध्यक्ष र उपाध्यक्ष तथा नगरप्रमुख र उपप्रमुखको उम्मेद्वारी दर्ता वैशाख १८ मा हुँदैछ। गाउँपालिका र नगरपालिकाका अधिकांश अध्यक्ष र प्रमुख पदमा पुरुषको उम्मेद्वारी पर्ने प्रारम्भिक संकेत देखिएको छ। तर स्थानीय तह निर्वाचन ऐनले अध्यक्ष वा उपाध्यक्षमध्ये एक महिला उम्मेद्वार अनिवार्य गरेका कारण…

    विस्तृतमा पढ्नुस्

  • एमालेको निष्कर्ष : एक महिनाको अन्तर, चुनाव नगर्ने खेल

    एमालेको निष्कर्ष : एक महिनाको अन्तर, चुनाव नगर्ने खेल

    काठमाडौं : नेकपा एमालेले दुई चरणको निर्वाचनका लागि सरकारले राखेको 'एक महिनाको अन्तर' माथि प्रश्न गरेको छ।  एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको स्थायी समितिको बैठकले एक महिना लामो अन्तर राख्नुले सरकार निर्वाचन नगर्ने खेलमा लागेको निष्कर्ष निकालेको हो।  बैठकपछि एमाले सचिव योगेश भट्टराईले दुई चरणको निर्वाचन हुनसक्ने भएपनि 'एक एक महिनाको ग्याप' किन राखियो भन्ने प्रश्न उठेको…

    विस्तृतमा पढ्नुस्

  • निधिको यू टर्न : कसरी तयार भए पोर्टफोलियोमा तेस्रो बन्न?

    निधिको यू टर्न : कसरी तयार भए पोर्टफोलियोमा तेस्रो बन्न?

    काठमाडौं : कमल थापा उपप्रधानमन्त्री बनेपछि क्याबिनेटको वरियता विवादको केन्द्रमा थिए उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि। अघोषित रुपमा क्याबिनेट बहिस्कार देखि वरियता जोडिने औपचारिक समारोहहरुमा समेत अनुपस्थित रहँदै आएका उनी आजको क्याबिनेटमा एकाएक देखिए। गृहमन्त्रीका हैसियतले संसदमा सम्बोधन गर्न जाँदा समेत 'आउट अफ रुल' उपस्थित भएका उनी एकाएक मन्त्रिपरिषदको पोर्टफोलियोमा तेस्रो स्थानमा रहन तयार भए। पदमा रहिरहने र क्याविनेटमा अनुपस्थित…

    विस्तृतमा पढ्नुस्

  • क्याबिनेट स्थगित गर्दै प्रम प्रचण्ड केपी निवासतिर

    क्याबिनेट स्थगित गर्दै प्रम प्रचण्ड केपी निवासतिर

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषद बैठक स्थगित गर्दै पूर्व प्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग 'गेटक्र्यास' भेटका लागि गएका छन्। प्रधानमन्त्री बनेपछि दाहाल विनानिम्तो ओली निवास गएका हुन्। संविधान संशोधन प्रकृया र निर्वाचनको विषयमा छलफलका लागि उनी सिंहदरबारबाट सोझै बालकोट गएको प्रधानमन्त्रीपुत्र प्रकाश दाहालले जनाकारी दिए।  संविधान संशोधनको ड्राफ्टमा थप गृहकार्य आवश्यक रहेको भन्दै आज बिहान…

    विस्तृतमा पढ्नुस्

  • ब्रेकिङ न्युज : मन्त्रिपरिषद्को बैठकले तय गर्‍यो दोस्रो चरणको निर्वाचन मिति - जेठ ३१ गते

    ब्रेकिङ न्युज : मन्त्रिपरिषद्को बैठकले तय गर्‍यो दोस्रो चरणको निर्वाचन मिति - जेठ ३१ गते

    मन्त्रिपरिषद्को बैठकले जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रबहादुर कार्कीका अनुसार प्रदेश नम्बर १,२, ५ र ७ मा जेठ ३१ मा निर्वाचन हुनेछ।  सरकारले निर्वाचन आयोगलाई वैशाख १६ गतेदेखि सुरु हुने उम्मेदवार मनोनयन दर्तालगायतको निर्वाचन कार्यक्रम वैशाख ३१ गतेको पहिलो चरणको निर्वाचनलाई ध्यानमा राखी जति सकिन्छ सार्न अनुरोध गर्ने…

    विस्तृतमा पढ्नुस्

  • मोर्चासँगको सहमतिपछि संविधान संशोधन प्रस्तावको यी विषयमा हुँदैछ परिमार्जन

    मोर्चासँगको सहमतिपछि संविधान संशोधन प्रस्तावको यी विषयमा हुँदैछ परिमार्जन

    काठमाडौँ : मन्त्रिपरिषद्ले संसदमा दर्ता गराएको संविधानको दोश्रो संशोधन प्रस्ताव परिमार्जन गरी प्रदेशको अधिकार थप कटौति गर्ने भएको छ। ‘सहमति’को साटो ‘परामर्श’ सरकारले संसदमा दर्ता गराइसकेको संविधान संशोधनमा प्रदेशको ‘सहमति’मा मात्र सीमाङ्कन हेरफेर गर्न सकिने उल्लेख छ। तर मधेसी मोर्चासँग शनिबारको सहमतिको आधारमा सरकारले अब केवल प्रदेशसँगको ‘परामर्श’मा सीमाङ्कन हेरफेर गर्न सकिने प्रावधान संविधानमा राख्ने भएको छ। मन्त्रिपरिषद्को बैठकपछि सरकारका…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारमा ब्रेकथ्रु : दुई चरणमा निर्वाचन, संविधान संशोधन प्रस्ताव परिमार्जन, मोर्चाको आन्दोलन स्थगन

    बालुवाटारमा ब्रेकथ्रु : दुई चरणमा निर्वाचन, संविधान संशोधन प्रस्ताव परिमार्जन, मोर्चाको आन्दोलन स्थगन

    काठमाडौँ : सत्तारुढ दल र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच हिजोदेखि भइरहेको वार्तामा 'ब्रेकथ्रु' भएको नेताहरुले बताएका छन्।  वार्तामा सहभागी कांग्रेस नेता तथा मन्त्री रमेश लेखकका अनुसार दुई चरणमा निर्वाचन गर्ने सहमति भएको छ। वैशाख ३१ गतेका लागि तोकिएको दिन निर्वाचन हुनेछ भने केही ठाउँमा जेठमा अर्को मितिमा निर्वाचन हुनेछ।  जेठमा हुने निर्वाचनको मिति भने निर्वाचन आयोगको सहमतिमा तोकिने उनले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell