PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

क्याबिनेट स्थगित गर्दै प्रम प्रचण्ड केपी निवासतिर



मनोज सत्याल

क्याबिनेट स्थगित गर्दै प्रम प्रचण्ड केपी निवासतिर

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषद बैठक स्थगित गर्दै पूर्व प्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग 'गेटक्र्यास' भेटका लागि गएका छन्। प्रधानमन्त्री बनेपछि दाहाल विनानिम्तो ओली निवास गएका हुन्। संविधान संशोधन प्रकृया र निर्वाचनको विषयमा छलफलका लागि उनी सिंहदरबारबाट सोझै बालकोट गएको प्रधानमन्त्रीपुत्र प्रकाश दाहालले जनाकारी दिए। 

संविधान संशोधनको ड्राफ्टमा थप गृहकार्य आवश्यक रहेको भन्दै आज बिहान बोलाइएको मन्त्रिपरिषद बैठक साँझ बस्ने गरी स्थगित भएको छ। केही समयमात्र बसेको मन्त्रिपरिषदबारे जानकारी दिँदै कानुनमन्त्री अजय शंकर नायकले भने, 'ड्राफ्टमा थप गृहकार्य गर्नुपर्ने भएकाले साँझ फेरि बस्नेछ।' संशोधनको कुन विषयमा गृहकार्य गर्न पर्ने भन्नेबारे भने उनले कुनै जानकारी दिएनन्। 

संविधान संशोधन फास्ट ट्र्याकमा अघि बढाउने र दुई चरणमा स्थानीय निकायको निर्वाचन गर्ने विषयमा सरकार र मधेसी मोर्चाबीच सहमति भएको छ। तर यो सहमतिको प्रकृयामा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी छैन। एमाले नेताहरुले सहमतिको विषयलाई आलोचनात्मक रुपमा टिप्पणी गरेका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell