PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

'एमालेमाथि आक्रमणपछि राप्रपासँग सहकार्य', ३ महानगरमा एमाले-राप्रपा एक



मनोज सत्याल

'एमालेमाथि आक्रमणपछि राप्रपासँग सहकार्य', ३ महानगरमा एमाले-राप्रपा एक

काठमाडौं : स्थानीय तहको निर्वाचनमा देशका तीन महानगरपालिकामा नेकपा एमाले र राप्रपाबीच चुनावी सहकार्य हुने भएको छ। काठमाडौं, ललितपुर र पोखरा महानगरपालिकामा दुई दलबीच सहकार्य हुने भएको हो। 

'एमालेमाथि सबैको प्रहार केन्द्रित भएको छ,' चुनावी तालमेलबारे जानकारी दिँदै नेकपा एमाले प्रदेश नम्बर ३ का संयोजक अष्टलक्ष्मी शाक्यले भनिन्, 'मिलेर जान सकिने ठाउँमा तालमेल गर्ने निर्णय गरेका छौं।'

उनले यसपटकको निर्वाचनमा प्रमुख प्रतिस्पर्धा नेपाली कांग्रेससँगै हुने जनाइन्। साथै भक्तपुरमा नेपाल मजदूर किसान पार्टी, बाग्लुङमा जनमोर्चा नेपाल र केही ठाउँमा नेकपा माओवादी केन्द्रसँग पनि सहकार्य हुने उनले बताइन्।

राप्रपासँगको सहकार्यका विषयमा उनले 'प्रतिपक्षमा रहेको' कारण दिइन्। 'राप्रपासँग सरकारमा पनि साथ थियो। भौगोलिक र जातीय रुपमा पनि हामी सहकार्यका लागि तयार भयौं,' उनले भनिन्।

उनले राजधानीमा एमालेले जित्ने दावी गरिन्। 'जितका लागि थप बलियो भएका छौं,' उनले भनिन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell