PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

काठमाडौंको चुनावमा सक्रिय भए उपेन्द्र यादव

काठमाडौंको चुनावमा सक्रिय भए उपेन्द्र यादव

मनोज सत्याल/पहिलोपोस्ट


काठमाडौं : संविधान संशोधनविना निर्वाचनमा सहभागी नहुने अडान लिँदै आएको संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव चुनावी प्रकृयामा सक्रियरुपमा सहभागी भएका छन्। डाक्टर बाबुराम भट्टराईको नयाँ शक्तिसँग चुनावी सहकार्य गर्दै काठमाडौं महानगरपालिकाको निर्वाचनमा उम्मेद्वारी दर्ता गराउन पुगेका यादवले 'संविधान संशोधन'लाई अनिवार्य शर्त मान्ने मधेसी मोर्चा पनि स्थानीय तहको निर्वाचनमा सहभागी हुने बताए।

यादव र भट्टराई गठबन्धनबाट काठमाडौंमा पवित्र बज्राचार्य मेयर पदमा प्रत्यासी छन्। उनको उम्मेदवारी दर्ताका लागि दुई शीर्ष नेता उपस्थित थिए। डाक्टर भट्टराई उम्मेद्वार दर्ताका लागि सहभागी भएपछि सभागृह परिसरको रौनक फेरिएको थियो। 

'मोर्चा गठबन्धन पनि चुनावमा भाग लिन्छ,' संविधान संशोधनविना निर्वाचनमा सहभागी नहुने पूर्ववत् अडानबारे प्रश्न गर्दा यादवले भने, 'केही राजनीतिक दल तराईमा मात्र छन्। उनीहरु अर्को चरणको निर्वाचनमा आउँछन्।' 

यादवले ३ मुद्दालाई आफूले सँगै अगाडि बढाएको बताए। 
१.    जारी राजनीतिक मुद्दाहरु 
२.    संविधान संशोधन 
३.    र, निर्वाचनमा सहभागी हुने। 

यादवले आफ्नो संघर्ष जारी रहेकोसमेत बताए। उनले 'जनताको सेवाका लागि' निर्वाचनमा सहभागी भएको प्रतिक्रिया दिए।

डाक्टर बाबुराम भट्टराईले प्रमुख राजनीतिक दलहरु प्रतिगमन र भ्रष्टाचारमा चुर्लुम्मै डुबेको आरोप लगाउँदै विकल्पमा उम्मेदवारी दिएको जानकारी दिए। 

गठबन्धनबाट उम्मेदवार बनेका पवित्र बज्राचार्य २०५४ सालको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्ष निर्वाचित स्थानीय नेता हुन्। 




 


ट्रेन्डिङ पोस्ट

Ncell