PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

युवा महिला उम्मेद्वारको अठोट : 'जित हार जे होला, हिम्मत हारेका छैनौँ' 



मनोज सत्याल

युवा महिला उम्मेद्वारको अठोट : 'जित हार जे होला, हिम्मत हारेका छैनौँ' 

काठमाडौँ : २१ वर्षीय रञ्जु दर्शनाले काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेद्वारी घोषणा गरेर राजधानी केन्द्रीत मिडियामा चर्चा बटुलिरहँदा मुख्य दलबाट प्रतिष्पर्धामा रहेका युवा महिला उम्मेद्वार विभिन्न आरोप सामना गर्दैछन्। रञ्जुको नेतृत्व क्षमता र अनुभवमाथि शहरमा प्रश्न भैरहँदा दलका आन्तरिक प्रतिष्पर्धामा उठेका रञ्ज जस्तै उम्मेद्वारहरु आफूलाई सक्षम पुष्टि गर्न तल्लिन छन्। 

२४ वर्षीय सृष्टि रेग्मी इन्जिनियर हुन्। बाजुराको जिल्ला प्राविधिक कार्यालयको जागिर छाडेर उनी यतिबेला बाजुराको मार्तडी नगरपालिकामा उपमेयरका लागि प्रतिष्पर्धामा छिन्। एमालेबाट उपमेयरमा टिकट पाएकी सृष्टि नगरपालिकाका लागि योजना बनाउन व्यस्त छिन्।

'स्थानीय समस्याबारे यहाँका जिल्ला कार्यालयसँग परामर्श गर्‍यौँ, त्यस अनुसार पञ्चवर्षीय योजना बनाउँदै छौँ', पहिलोपोस्टसँगको कुराकानीमा सृष्टिले भनिन्, 'साना र मझौला उद्योग स्थापना गर्ने र रोजगारी सिर्जना गर्ने च्यालेन्ज छ बाजुरामा।'

त्यसो त सृष्टिलाई उम्मेद्वार बन्न सहज भएन। पुराना राजनीतिक कार्यकर्ता र नेताहरुले आफ्नो भाग खोस्नु आएको रुपमा अर्थ्याए। 

'प्रतिष्पर्धीले भाग खोस्न आइ भनेका छन् तर पब्लिकमा भने क्षमता भएको पढेको मान्छे आयो भन्छन्', सृष्टि सुनाउँछिन्, 'भिजन र क्षमता भएको मान्छे आयो भन्नेमा पब्लिक खुसी छन्।'

पोखरा विश्वविद्यालयमा इन्जिनियरीङ पढ्दादेखि राजनीतिमा सक्रिय भएकी हुन् सृष्टि। विश्वविद्यालयको केन्द्रीय कमिटीमा महिला विभागको नेतृत्व, त्यसपछि एमाले विद्यार्थी भातृ संगठन अनेरास्ववियुको केन्द्रीय सदस्य हुँदै उनी अहिले उपमेयरको उम्मेद्वार बनेकी छिन्। 

'स्थानीय तहमा उपमेयर जस्तो पदमा स्ट्रोङ क्याण्डिडेट नहुँदा अलिकति इनएक्टिभ मान्छे आउने देखेकाले म बाजुराको राजनीतिमा आएको हुँ', सृष्टि भन्छिन्, 'देशको ७५ औँ जिल्ला हो बाजुरा। अवस्था नाजुक छ। पूर्वाधार अभावदेखि गरिबीसम्म छ। स्थानीय तहको विकासको योजना बोकेर उम्मेद्वार भएको छु।'

सृष्टि जस्तै दलभित्रको आन्तरिक प्रतिष्पर्धाबाट काठमाडौँकै मनहरा कागेश्वरी नगरपालिकाबाट उम्मेद्वार बनेकी छिन् रुपा पोखरेल। ३२ वर्षकी रुपा पेशाले कानुन व्यवसायी हुन्। 

पद्मकन्या क्याम्पसमा राजनीति। नेविसंघको केन्द्रीय सदस्य र काठमाडौँ क्षेत्र नं ३ को महिला क्षेत्रीय प्रतिनिधि हुँदै कांग्रेसमा सक्रिय रहेकी रुपा उमपेयरकी उम्मेद्वार हुन्।

यतिबेला बाजुराकी सृष्टिलाई जस्तै प्रश्नको सामना गर्नुपरेको छ रुपाले। त्यो पनि राजधानीमा।  

'बेला भएको छैन भन्ने धेरै छन्। २१ जनाबाट ७ जना आकांक्षीको लिस्ट हुदैँ उम्मेद्वार बन्दै छुु, रुपाले पहिलोपोस्टसित भनिन्, 'उपमेयर भनेको जिम्मेवारी हो।' 

संविधानले उपमेयरलाई स्थानीय न्यायिक समितिको संयोजक तोकेको र आफूनो अधिवक्ताको अनुभव मेल खाएको उनको तर्क छ। 
'मास्टर्स सोसियोलोजीमा गरेँ। पेशाले म लयर। अब उपमेयर भनेको न्यायिक समितिको संयोजक पनि हो। म क्यापेबल पनि छु भनेर कन्भिन्स गर्नुपरेको छु, उनले भनिन्, 'पढेको मान्छे आयो भनेर जनता खुसी छन्, पार्टीमा प्रतिष्पर्धा गाह्रो छ।' 

वकालत छाडेर राजनीतिमा होमिएकी रुपा जस्तै कारोबार दैनिकबाट पत्रकारिताको करिअर छाडेर राधिका ढकाल यतिबेला मण्डन देउपुर नगरपालिकामा उपमेयरमा प्रतिष्पर्धा गर्दैछिन्। 

'पहिला त टुरिस्ट उम्मेद्वार भनेर ट्याग लगाएु, राधिकाले पहिलोपोस्टसँगको कुराकानीमा भनिन्, 'गाउँमा मान्छेले पार्टी कार्यक्रमा नआउने एकैचोटी टिकट चाहिने भन्छन्।' 

कांग्रेसबाट उपमेयरकी उम्मेद्वार रहेकी राधिका भन्छिन् 'एकेडेमिक मान्छे चाहिन्छ भन्ने सोच धेरैले राख्दा रहेछन्। माथिका नेताहरुले उम्मेद्वारको क्षमता जनताले हेर्ने भएकाले तपाई उठ्नु भएको ठीक छ भन्छन्। तर कतिपयले राजनीतिक च्यालेन्जको रुपमा हेरेका छन्।' 

'चुनाव जितिएला वा हारिएला तर कतिपयले अहिले राधिका अगाडि आए भविष्यमा हामी पछाडि पर्नु हो भन्ने फिल गरेका छन्', राधिका सुनाउँछिन्। 

पत्रकारिताले समाज र राज्यको पुलको काम गरेको भए पनि आफूले सिधै राजनीतिमार्फत समाजमा काम गर्न चाहेको उनले बताइन्। उम्मेद्वार बन्ने तय भए लगत्तै राधिकाले नगरको अधिकांश समस्या बुझ्न थालेकी छिन्।  

'काठमाडौँसँग जोडिएको भए पनि काभ्रे बत्तीमुनिको अँध्यारो छ। आधारभूत पूर्वाधार सडक, खानेपानी जस्ता विषयमा फोकस गर्नुपर्ने छ। नगरकोटदेखि कुन्तावेसी आउँदासम्म रामराम भन्दै आउनुपर्छु', पत्रकारिता गरेकी राधिका भन्छिन्, 'काठमाडौँको बजार टार्गेट गरेर एक घण्टाको दूरीमा रहेको काभ्रेमा विभिन्न उद्योग खोल्न सक्ने अवस्था छ। तर बेसिक रुपमा सडक लगायतका पूर्वाधार बनाउनुपर्छ।' 

राधिकाले पूर्वाधारको समस्या देखे पनि कतिपय सामाजिक समस्याले विकास नभएको बताँछिन् सिन्धुपाल्चोकको चौतारा नगरपालिकाकी उपमेयरकी उम्मेद्वार सीता थापा। 

२९ वर्षीय थापा उम्मेद्वार बनिरहँदा दैनिक भूकम्प पीडितको गुनासो सुन्नुपरेको र समाधानको उपायको जवाफ दिनुपरेको बताउँछिन्। 

उपमेयरको उम्मेद्वार बन्न पार्टीमा सहज भए पनि कतिपय वडामा आफू भन्दा धेरै उमेरका वडा अध्यक्षको प्रतिष्पर्धी देखिकी छिन् सीताले। 
'बीसौँ तिसौँ बर्ष पार्टीमा लागेको मान्छे वडामा अध्यक्ष बन्नसमेत प्रतिष्पर्धा गर्नुपर्ने तर आठ दश बर्षको मान्छेले उपमेयर पाउने१ भन्ने प्रश्न उठेको छु, सीता भन्छिन्, ुकतिपयले  सिधै हाइलाइट भई भनेर खुसी मानेका छैनन्।'

समाजशास्त्रमा स्नातकोत्तर तह द्वितीय वर्ष अध्ययनरत सीता जनआन्दोलनमा विद्यार्थी राजनीतिबाट सहभागी भइन्। राजधानीको पशुपति क्याम्पसमा स्ववियु सदस्य। एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय कमिटी सदस्य र सचिवालय सदस्यको राजनीति गरेकी सीता उपमेयरको जिम्मेवारी पूरा गर्न सक्षम रहेको दाबी गर्छिन्। 

उनी भूकम्पपीडित जिल्ला सिन्धुपाल्चोकमा केही आत्मविश्वास थप्नुपर्ने र जागरुकता ल्याउनुपर्ने आवश्यकता देख्छिन्।

'सरकारले भूकम्पपीडितका लागि राहत दिएन भन्ने गुनासो छ। तर पचास हजार पाउँदा पनि मानिसहरुले घर बनाएका छैनन्। कोही अलि पछाडि बनाउने भन्छन्। कोही समस्या देखाउँछन्। आत्मविश्वास जगाउनुपर्ने देख्छुु', सीता भन्छिन्, 'सडक जस्ता समस्यामा पब्लिकको चासो छ। तर म आत्मविश्वास वृद्धि गर्नुपर्ने देख्छु।'

कुन ठाउँमा कफी खेती गर्ने। कुन ठाउँमा तरकारी, कहाँ नगदेबाली लगाउने वा पुरानै खेती प्रणालीरु प्रश्न र समस्या यस्ता छन्,'ठाउँ हेरेर विकासका लागि क्षेत्र निर्धारण गर्नुपर्छ।'

उपमेयरको उम्मेद्वार भए पनि युवा उम्मेद्वारहरु स्थानीय समस्या बुझेर योजना बनाउन जुटेका छन्। 

युवा महिला उम्मेद्वारको मत एउटै छ – 'जित हार जे होला, हामीले हिम्मत हारेका छैनौँ।' 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell