PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

निर्वाचन आयोगको भूमिकामाथि ओली सशंकित, सोधे : मन्त्रीले पैसा बाँड्न पाउँछ?



मनोज सत्याल

निर्वाचन आयोगको भूमिकामाथि ओली सशंकित, सोधे : मन्त्रीले पैसा बाँड्न पाउँछ?

काठमाडौं : स्थानीय तह निर्वाचनको अघिल्लो दिन साँझ प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगमाथि गम्भीर आक्षेप लगाएका छन्। पत्रकार सम्मेलनमार्फत् ओलीले निर्वाचन आयोगको भूमिकामाथि प्रश्न उठाए। 'म निर्वाचन आयोगलाई दोस्रो चरणमा कति स्थानमा निर्वाचन हुँदैछ भनेर सोध्न चाहन्छु,' आयोगप्रति कडा रुपमा उत्रिएका ओलीले प्रश्न गरे, 'किन जिब्रो चपाउँदैछ आयोग?'

हिजोमात्र मन्त्रिपरिषदले नवनियुक्त उपप्रधान तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारको संयोजकत्वमा २ नम्बर प्रदेशमा स्थानीय तहको संख्या थप गर्न अध्ययन गर्ने र ५ दिनभित्र प्रतिवेदन बुझाउन जिम्मेवारी दिएको थियो। 

'निर्वाचन प्रकृया अघि बढिसकेको अवस्थामा २ नम्बर प्रदेशमा संख्या थप कसरी?,' ओलीले भने, 'अहिले संख्या हेरफेर गर्न मिल्छ?' 
उनी ७ सय ४४ मध्ये भोलि हुने २ सय ८३ बाहेक बाँकी ४ सय ६१ तहमा दोस्रो चरणमा निर्वाचन हुन्छ भनेर आयोग नबोलेकोप्रति रुष्ठ देखिए। पार्टीले उम्मेदवारहरुको टुंगो लागिसकेको अवस्थामा हेरफेर गर्दा धाँधली हुनेसमेत बताए। भने, 'मानिसको ठेगाना सरुवा नभइ कम्प्युटरमा सरुवा गर्ने?'

ओलीको आरोप : मन्त्रीले पैसा बाँडे

सरकार र निर्वाचन आयोगविरुद्ध कडा रुपमा उत्रिएका ओलीले मन्त्रीले मत किन्न पैसा बाँडेको आरोप पनि लगाए। 'माओवादी र कांग्रेस देश कता लैजान चाहन्छ?,' ओलीको प्रश्न थियो, 'पैसाले मत खरिद गरेर लोकतन्त्र सुदृढ हुन्छ?'

उनले आयोगसँग पनि प्रश्न गरे, 'मन्त्रीहरु पैसा बाढ्न जाने आचार संहिताविरोधी हुन्छ कि हुन्न?'

विभिन्न समूहबाट भएको विस्फोटमा सरकारको साँठगाँठ भएको आक्षेप लगाउँदै उनले एमालेका प्रचार सामग्री नस्ट गरेकोप्रति आपत्ति प्रकट गरे।  निर्वाचनको मुखमा लडाकु र पीडितका नाममा रकम वितरण भएकोमा उनले कडा रुपमा आपत्ती जनाए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell