PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

१८ वर्षीया विपनाको हत्या, समातिए भक्तबहादुर



पहिलोपोस्ट

कृष्ण ओली -
नेपालगन्ज : किशोरीको घाँटी थिचेर हत्या गरेको आरोपमा दैलेख प्रहरीले एक जनालाई पक्राउ गरेको छ। मेहलतोली २ की १८ वर्षीया विपना खङ्काको हत्या गरेको आरोपमा सोही ठाउँका भक्तबहादुर खङ्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

विपनाको सोमबार साँझ हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी वीरबहादुर ओलीले जानकारी दिए।

उनलाई आज बिहान मात्रै प्रहरीले पक्राउ गरेको थियो।

‘भक्तले घरदेखि गोठतर्फ जाने क्रममा ओखटी भन्ने स्थानमा घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। घटना एक्लैले गरेको हो वा अरुको पनि संलग्न छ भन्नेबारे अनुसन्धान भइरहेको छ,’ डिएसपी ओलीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell