PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

कांग्रेस मुभ हुने भएपछि मध्यरातसम्म एमाले-एमाओवादी नेताहरु बैठकमा



पहिलोपोस्ट

काठमाडौँ : वर्तमान सरकारको नेतृत्व गरिरहेका नेकपा (एमाले) र सत्ता साझेदार एकीकृत नेकपा (माओवादी)का शीर्ष नेताहरुको बैठक राति अबेरसम्म जारी रहेको छ।
 
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा संसद् सञ्चालन, सरकारको आगामी नीति तथा कार्यक्रम, बजेट र सरकार सञ्चालनका विषयमा केन्द्रित रहेर छलफल भएको बुझिएको छ।
 
बैठकमा एमालेको तर्फबाट  प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेल र सचेतक भानुभक्त ढकाल सहभागी छन्।
 
त्यसैगरी एमाओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा, सचिवद्वय वर्षमान पुन र टोपबहादुर रायमाझी तथा नेता जनार्दन शर्मा सहभागी रहेको बताइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell