PahiloPost

May 5, 2026 | २२ बैशाख २०८३

प्रमुख निर्वाचन आयुक्त भन्छन्–थपिएको जिम्मेवारी पूरा गर्न आयोग सक्षम



रासस

प्रमुख निर्वाचन आयुक्त भन्छन्–थपिएको जिम्मेवारी पूरा गर्न आयोग सक्षम

विराटनगरः प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले सरकारले स्थानीय तहको सङ्ख्या बढाएपछि आयोगमाथि थपिएको जिम्मेवारी पूरा गर्न आयोग सक्षम रहेको बताएका छन् ।

विराटनगरमा आयोजित पत्रकार भेटघाटमा प्रमुख आयुक्त यादवले आयोगको प्राविधिकसहितको बैठकले यस विषयमा गहन छलफल गरी समस्यालाई एक सातामा समाधान गर्ने बताए । 

उनले स्थानीय तहको सङ्ख्या बढेकाले मतदाता नामावली, मतदाता परिचयपत्रका साथै अन्य सामग्रीको व्यवस्थापनका लागि आयोगसक्षम अर्को काम थपिएको बताए । 

उनले आयोगको आचारसंहिता अनुकुल नै बजेट ल्याउन सरकारलाई पत्राचार गरी ध्यानाकर्षण गराइएको जानकारी दिए । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell