PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

काम खोज्न आएका युवतीलाई यौन धन्दामा लगाउनेलाई मुद्‍दा



पहिलोपोस्ट

  • कृष्ण ओली -
नेपालगञ्ज : कामको खोजीमा नेपालगञ्ज आएका युवतीलाई जबरजस्ती यौनधन्दामा लगाएको आरोपमा यहाँ रहेको कालिकोटे होटलका सञ्चालक, कामदार र सम्वद्ध एकजनालाई बाँके प्रहरीले मानव बेचविखन तथा ओसारपसार मुद्दा लगाएको छ।

प्रहरीले होटल सञ्चालिका, कामदार जगबीर ऐडी र विजय जैसवालविरुद्ध मानव बेचविखन तथा ओसारपसार मुद्दा दर्ता गरेको हो। होटलले राम्ररी खानासमेत नदिएर बन्धक बनाई यौनधन्दामा लगाएको युवतीहरुले प्रहरी समक्ष बयान दिएका छन्।

युवतीहरुले दिएको बयानमा बाहिर जान पनि नदिई होटलमै यौनधन्दामा लगाइएको, राम्ररी खाना खान तथा पैसा पनि नदिइएको उल्लेख छ। दैलेख र झापाका युवतीलाई होटलमा काम गराउने नाममा जबरजस्ती यौन व्यवसायमा लगाएको उजुरी परेपछि बाँके प्रहरीले होटलमा छापा मारेर केही दिनअघि उनीहरुको उद्धार गरेको थियो। होटलले युवतीलाई भाग्न नदिन स्थानीय युवाहरुलाई परिचालन गरेको थियो।

आरोप प्रमाणित भएमा होटल सञ्चालक र सम्बद्धलाई ५० हजारदेखि एक लाख जरिवाना र १० देखि १५ वर्षसम्म कैद सजाय हुने प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell