PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

एमालेसँग 'अन्तिम कुराकानी'पछि मात्रै सरकार छाड्ने एमाओवादी निर्णय



पहिलोपोस्ट

एमालेसँग 'अन्तिम कुराकानी'पछि मात्रै सरकार छाड्ने एमाओवादी निर्णय

काठमाडौं : बुधबार बेलुकी बसेको एनेकपा माओवादीको स्थायी समिति बैठकले एमालेसँग अन्तिम छलफल गरेरमात्र सरकारलाई दिएको समर्थन फिर्ता लिने या नलिने भन्ने निर्णय लिने भएको छ।

स्थायी समितिको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने पदाधिकारीको निर्णयलाई स्थायी समितिले अनुमोदन गरेको छ। ‘एमालेसँग यी सबै विषयमा अन्तिम छलफल गर्ने र निर्णय लिने हो,’ बैठकपछि पार्टी प्रवक्ता दीनानाथ शर्माले भने, ‘सरकारलाई दिएको समर्थन फिर्ता गर्ने कि नगर्ने भन्नेमा निर्णयमा पुगेका छैनौं।‘

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा शर्माले सरकारले मुलुकका समस्या समाधान गर्न नसकेको तथा शान्ति प्रकृयाका टुंगो लगाउनुपर्ने विषयलाई जटिल बनाउँदै लगेको र भूकम्प पीडित जनताको पक्षमा काम गर्न नसकेको जस्ता विषयहरु नै सरकार छाड्नुपर्ने कारण रहेको जानकारी दिए।
‘सरकारले काम गर्न नसकेको विषयमा गम्भीर छलफल रह्यो,’ उनले भने, ‘भोलि बिहानमात्र सरकारको समर्थनबारे निर्णय हुनेछ।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell