PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

अबको प्रधानमन्त्री को ? कांग्रेस नेताले लिएनन् प्रचण्डको नाम



पहिलोपोस्ट

पहिलोपोस्ट-
काठमाडौँ :
एकीकृत नेकपा माओवादीले विज्ञप्ति मार्फत् नै कांग्रेसले आफ्नो पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार गठनको प्रस्ताव गरेको उल्लेख गरे पनि कांग्रेसका नेताहरुले भने प्रचण्डको नाम लिएका छैनन् ।
 
बुधबार मधेसी मोर्चासँगको छलफल पछि कसको नेतृत्वमा सरकार गठनको कसरत भन्ने प्रश्नमा विमलेन्द्र निधीले प्रचण्डको नाम लिएनन्। उनले भने – ‘पहिले त यो सरकारबाट सत्ता सामेल दल फिर्ता हुन्छ कि हुँदैन त्यसमा निर्भर गर्छ। अहिले त्यो कुरा हामी पछि गर्छौँ।‘

मोर्चाका नेता एवम् तमलोपाका अध्यक्ष महन्थ ठाकुरले पनि सरकार ढाल्नुपर्ने कुरा आए पनि नामको कुरा नभएको बताए।

छलफलमा सहभागी नेता महेश आचार्यले पनि प्रधानमन्त्रीमा कांग्रेस सभपति शेर बहादुर देउवा कि एमाओवादी अध्यक्ष प्रचण्ड भन्ने प्रश्नमा जवाफ दिएनन्। उनले भने – अहिले प्रष्ट भएको छैन।

कांग्रेस नेताहरुले अहिलेको सरकारको विकल्प खोज्नुपर्ने भन्दै संसदमा धारणा राखे पनि नेतृत्वका विषयमा चर्चा गरेका छैनन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell