PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

शाहरुखको 'रइज' २०१७ मा मात्र



पहिलोपोस्ट

शाहरुखको 'रइज' २०१७ मा मात्र

सलमान खान अभिनित फिल्म 'सुल्तान'  र अर्का बलिउड स्टार शाहरुख खान 'रइज'को प्रदर्शन मिति जुधेपछि रइज युनिटले फिल्म रिलिज मिति पछि सारेको छ।

यी दुवै फिल्म सन् २०१६ मा प्रदर्शनमा हुने भनिएको थियो।

बलिउड हंगामाका अनुसार रइजले आफ्नो नयाँ रिलिज २०१७ को जनवरी २६ मा राखेको छ।

रिलिज मिति सारेको घोषणा गर्दै निर्माता रितेश सिध्वानी, कलाकार फरान अख्तर र नायक शाहरुख खानले संयुक्त विज्ञप्ति निकाले। विज्ञप्तिमा, 'फिल्म रिलिज सार्ने निर्णय सजिलो काम थिएन। रइज बहु प्रतिक्षित फिल्म भए पनि केही कारणवस् प्रदर्शन मिति सार्न वाध्य भएका हौं,' भनिएको छ।

राहुल ढोलकिया निर्देशित एक्सन फिल्म 'रइज'मा नवाजुद्धिन सिद्धिकी, फराह अख्तार र महिरा खान लगायतका कलाकारको अभिनय रहेको छ।  

फोटो: indiatoday.intoday.in



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell