काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका संसदलाई सम्बोधन गर्ने भएका छन्। बुधबारदेखि संसद बैठकमा सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिन लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए।
दाहालका अनुसार प्रधानमन्त्रीले विकसित राजनीतिक घटनाक्रमबारे पनि आफ्नो धारणा राख्नेछन्। एमाओवादीले राष्ट्रिय स्वाधिनता एवम् स्वाभिमानको रक्षा, शान्ति प्रक्रियाको बाँकी कार्यभार, राजनीतिक समस्यालाई वार्ताद्वारा समाधानसहित संविधान कार्यान्वयन र पुनर्निर्माणमा सरकारले परिणाममुखि काम गर्न नसकेको भन्दै सरकार फेर्ने अभियानमा लागेपछि सरकार धरापमा परेको थियो। यद्यपि एमालेसँग भएको छलफलमा माओवादीले उठाएका मुद्दालाई सम्बोधन गर्ने समझदारी बनेपछि वर्तमान सरकारलाई नै निरन्तरता दिइने भएको छ।