PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

पर्यटन बोर्डमा सुरु भयो चौथो संस्करणको फोटो प्रदर्शनी



पहिलोपोस्ट

पर्यटन बोर्डमा सुरु भयो चौथो संस्करणको फोटो प्रदर्शनी

काठमाडौं : नेपाल टुरिजम बोर्डले आयोजना गर्दै आएको फोटो प्रदर्शनीको चौथो संस्करण आजबाट सुरु भएको छ।

मासिक रुपमा आयोजना हुने सो प्रदर्शनी आइतबारसम्म हुनेछ। पहिलोपटक फोटो पत्रकार समूहको सहकार्यमा सुरु भएको चौथो संस्करणमा पर्यटकीय क्षेत्र लक्षित फोटोहरु राखिएको छ। प्रदर्शनीमा राखिएका फोटोहरु नेपाल फोटो प्रतियोगितामा प्रतिस्पर्धी फोटोहरु हुन्। यो पटकको फोटो प्रदर्शनी फोटोग्राफर अनिल चित्रकारले एउटा फोटो अनावरण गरेर प्रदर्शनीमा राख्दै उद्घाटन गरे।

उनले भने, "नेपालमा सुन्दर ठाउँहरुको फोटो अपलोड गर्ने ट्रेण्ड बढे, नेपालमा पर्यटकहरु आउन आकर्षित हुन्छन्। त्यसैले डाउनलोड मात्र हैन, अपलोट पनि गर्ने बानी बसालौँ।" उनले फोटोको रेट पनि बढाउन पर्ने बताएका थिए।

फोटो पत्रकार समुहका अध्यक्ष विकास कार्कीका अनुसार प्रदर्शनीमा पत्रकारहरुले खिचेका फोटो राखिएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell