PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

एउटै गीतमा ३ सय २१ जनाको स्वर !



पहिलोपोस्ट

एउटै गीतमा ३ सय २१ जनाको स्वर !

वातावरण सम्बर्धन र संरक्षणका लागि काम गर्दै आएको संस्था सिम नेपालाले वातावरण संरक्षणको महत्व बारे जनचेतना मुलक अभियान सुरु गरेको छ। 'मेलान्क्लोनी' नाम दिइएको कलात्मक अभियानमा संगीत मार्फत् वातवरण सम्बर्धन र संरक्षणको संदेश दिइँदै छ।

अभियान अन्तर्गत ३ सय २१ जना कलाकारले एउटै गीतमा स्वर दिने छन्। पहिलो पटक धेरै सङ्ख्याका कलाकारले स्वर दिन लागेका सो गीतलाई यही जेठ ६ गते गिनिज वर्ल्ड रेकर्डका लागि पनि दर्ता गरिँदैछ।

गीतको भिडियो गिनीज वर्ल्ड रेकर्डको प्रमाणपत्र प्राप्त भए पछि सार्वजनिक गर्ने निर्देशक निपेश ढाकाले जानकारी दिए।

चेतनामुलक शब्दमा बनेको गीत ३४ मिनेट २८ सेकेण्ड लामो रहेको छ।

नितेश ढाकाको संयोजनमा रेकर्ड हुन लागेको गीतमा राष्ट्रकवि माधवप्रसाद घिमिरे, मह जोडी, अन्जु पन्त, राजेश पायल राई,  उदित नारायण झा,  प्रेमध्वज प्रधान, रोबिन शर्मा, पशुपति शर्मा लगायत कलाकारको स्वर रहनेछ।

अभियान अन्तर्गत'मेलान्क्लोनी ' नामक  डकुमेन्ट्री प्रदर्शनी पनि हुनेछ। डकुमेन्ट्रीमा निर्देशक निपेश ढाकाको नेपालका विभिन्न (५३) जिल्ला यात्राको अनुभव र नेपालका समथर देखि उच्च हिमाली भेगका वातवरणीय अवस्था समेटिएको छ। डकुमेन्ट्री प्रदर्शन मिति तय भइसकेको छैन।

सिम नेपालको आयोजनामा सुरु भएको अभियानलाई आइडिया एण्ड सोलुसन प्रालिले व्यवस्थापन गरेको हो। अभियानमा संगितकार संघ नेपालको पनि साथ रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell