PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

​अदालतले बोलाउँदा नुरप्रसाद पुगेनन्



पहिलोपोस्ट

चितवन : गोरखका फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दाको आज जिल्ला अदालत चितवनमा सुनुवाइ हुने भनिएकामा जाहेरवाला मृतकका दाजु नुरप्रसाद उपस्थित नभएपछि अदालतले पुनः एक पटक जाहेरवाला झिकाउन आदेश दिएको छ।
 
मुद्दाको जिम्मेवारी न्यायाधीश कविप्रसाद न्यौपानेको इजलासमा  छ। एक जना जाहेरवाला कृष्णप्रसादका पिता नन्दप्रसादको मृत्यु भइसकेको छ भने अर्का जाहेरवाला नुरप्रसाद उपस्थित नभएपछि पुनः जाहेरवालालाई झिकाउन आदेश दिइएको अदालतका सूचना अधिकारी गम्भीर घिमिरेले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell