PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

२०१७ देखि युट्युबबाटै टेलिभिजन च्यानल!



पहिलोपोस्ट

२०१७ देखि युट्युबबाटै टेलिभिजन च्यानल!

यूट्युब अनलाइन टेलिभिजनका रुपमा आउने तयारी करिब पूरा भएको छ। शुल्क लिने गरी भिडियो सेयरिङ गर्ने सामाजिक सञ्जालले टेलिभिजन देखाउने तयारी गरेको हो। ब्लुमवर्गका अनुसार यो सेवा युट्युव अनप्लग्डको नाममा सुरु हुने छ। आगामी वर्ष सेवा सुचारु हुने बताइएको छ।

भियाकम, एनबीसी युनिभर्सल र ट्वान्टी फस्ट सेन्चुरी फक्सजस्ता ठूला टेलिभिजन कम्पनीहरुसँग यसबारे छलफल चलाएको युट्युवका कार्यकारीले जानकारी दिएका छन्। तर अहिलेसम्म टेलिभिजन प्रसारणको अनुमति भने पाइसकेको छैन।

युट्युव गुगलको एक एकाइका रुपमा सञ्चालित कम्पनी हो जुन आम्दानीका हिसाबले निक्कै महत्वपूर्ण मानिएको छ। समाचारअनुसार यो प्रोजेक्टमा युट्युवले सन् २०१२ देखि नै काम अघि बढाइरहेको छ। गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईले युट्युवका प्रयोगकर्तालाई बढीभन्दा बढी सुविधा दिनका लागि टेलिभिजन सेवा थप्न लागेको जानकारी दिए।
फोटो : xombit.com



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell