PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

फेरि दिल्ली फेल भएकै हो ? भारतीय पत्रिका नै लेख्छ : भारतको अर्को टेस्ट



पहिलोपोस्ट

फेरि दिल्ली फेल भएकै हो ? भारतीय पत्रिका नै लेख्छ : भारतको अर्को टेस्ट

नयाँ दिल्ली : सरकार गिराउने खेलमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको २४ घन्टामा यु टर्न हुनुलाई भारतीय मिडियाले 'भारतको टेस्ट' फेरि असफल भएको जनाएको छ।

नेपालको आन्तरिक मामिला भएको बताउँदै आए पनि दिल्ली प्रधानमन्त्री केपी शर्मा ओलीसँग खुसी छैन। मधेसको मामिलामा भारत नेपालसँग चिढिँदै आएको छ।

ओली सरकारमा प्रमुख सत्ता साझेदार रहेको एनेकपा माओवादीका अध्यक्ष प्रचण्ड पनि सरकारको काम कारबाहीबाट सन्तुष्ट थिएनन्। त्यसैक्रममा उनले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय सार्वजनिक गरेका थिए। तर २४ घन्टा नबित्दै उनी यू टर्न भए।

प्रचण्डले नौ महिना सरकार चलाउने गरी शेरबहादुर देउवासँग सहमति भएअनुसार प्रचण्डले सरकार छाड्ने तयारी गरेको पत्रिकाले लेखेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell