PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

गाई काट्नु गैरकानुनी, गाईको मासु किनबेच कानुनी!



पहिलोपोस्ट

बम्बे हाइकोर्टले गाई काट्नु गैरकानुनी भएको बताउँदै मासु आयात गर्न र बिक्री गर्न भने छुट दिएको छ। महाराष्ट्र एनिमल प्रिभेन्सन एक्ट, १९७६ ले गाईको मासु (बिफ) आयातमा निषेध गरेको छ। अदालतले भने अब गाईको मासु किनबेच र आयातमा अवरोध नगर्न आदेश दिएको छ

गोपनियताको हक र खानाको चयनको अधिकारलाई ध्यानमा राख्दै न्यायाधीश अभय ओका र एससी गुप्तेले यस्तो फैसला सुनाएका हुन्। गाईको मासु बिक्री वा ओसार पसार गरे असंवैधानिक हुने बताउँदै एक वर्षसम्मको जेल र २ हजार रुपैयाँ जरिवानाको प्रावधान थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell