सुरु भएको नौ साता नबित्दै दैनिक पत्रिका न्यु डे बन्द भएको छ।
प्रकाशक ट्रिनिटी मिररले पत्रिका बन्द हुनुलाई 'दु:खद्' बताउँदै पत्रिकाको सर्कुलेसन अपेक्षाभन्दा कम हुनुलाई दोष लगाएको छ।
सम्पादक एलिसन फिलिप्सले भनिन्, 'हामीले सक्ने सबै प्रयास गर्यौं। पाठकबाट गजबका प्रतिक्रिया पनि पायौं। तर यथार्थ के हो भने हामी उनीहरुका लागि पर्यप्त हुन सकेनौं।'
पत्रिकाले दैनिक २ लाख प्रति बिक्री हुने अपेक्षा राखेको थियो तर बिक्री भयो ४० हजार प्रतिको हाराहारीमा।
मिररबाट धोका पाउँदै पत्रिकाका अधिकांश अर्थात् २५ जना स्टाफले आफ्नो जागिर गुमाउँदैछन्।
गत फेब्रुअरीमा पत्रिका लन्च हुँदा भनिएको थियो - 'यो पत्रिकाले पाठकको व्यस्त समय चोर्नेछ र राजनीतिक रुपमा निस्पक्ष रहनेछ।'
सामाजिक सञ्जामा यो पत्रिकाको उपस्थिति रहे पनि यसको वेबसाइट भने थिएन।
मिररको सप्ताहन्तकी सम्पादक समेत रहिसकेकी फिलिप्सले फेसबुकमा लेखेकी छिन्, '५० अंकसम्म पत्रिका प्रति अति राम्रो प्रतिक्रिया मिलेका थिए। मैले कहिल्यै पनि पाठक यतिधेरै संलग्न हुनेखालको काम गरेको थिइन् जुन यसमा पाइयो। फरक खाले पत्रिका पढ्न चाहनेका लागि हाम्रो आइडिया उनीहरुले खोजेजस्तै थियो। तर, वास्तविकता दैनिकरुपमा हामीले उनीहरुले खोजेजस्तो दिन सकेनौं।'
पत्रिका सुरु हुँदा २० लाख प्रति निशुल्क बाढिएको थियो। पहिलो दुई साता पत्रिका २५ पेन्समा बिक्री गरिएको थियो भने त्यसपछि ५० पेन्स बनाइएको थियो।
फोटो :